0
पिसजोन एकेडेमी पोखरा ८ को वार्षिक कार्यतालिका अनुसार शुक्रबार अंग्रेजी र नेपाली कविता प्रतियोगिता सम्पन्न भएको छ ।        जुनियर र सिनियर गरी दुई तहमा विभाजन गरी सम्पन्न प्रतियोगितामा अंग्रेजी र नेपाली तर्फ गरी १ सय ८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जुनियर नेपाली तर्फ प्रथम स्थान विपना लामिछाने कक्षा ५, द्वितीय आविष्कार दाहाल कक्षा ५, तृतीय सदीक्षा लामिछाने कक्षा ५ र सान्त्वना स्थान वर्षा ढकाल कक्षा ४, पल्सा थापा कक्षा ३ र दिपिका गिरी कक्षा १ ले प्राप्त गर्न सफल भएका थिए भने अंग्रेजी तर्फ आशिर्वाद शर्मा कक्षा ५ प्रथम, ग्रेसिका शिवाकोटी कक्षा ३ द्वितीय, सुदीप गुरुङ्ग कक्षा ५ तृतीय र स्वरुप बराल कक्षा ३ ले सान्त्वना स्थान प्राप्त गरेका थिए ।  त्यसैगरी सिनियर नेपाली तर्फ आदर्श लामिछाने कक्षा ९, दिक्षा श्रेष्ठ कक्षा ७, कविता पौडेल कक्षा १० र समर भट्टराई कक्षा ९ तथा आदित्य थापा मगर कक्षा ६ ले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए भने अंग्रेजी तर्फ प्रदीन पौडेल कक्षा ९, अपेक्षा थापा कक्षा १०, शिवांगी शेरचन कक्षा ९ र सम्राज्ञी रन्जीत कक्षा ९ ले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायकमा उपप्रशासक राजु भण्डारी, सहप्रशासक अविशेक शर्मा र शिक्षक शिक्षिका चन्द्र हल्दार, हरिप्रिया शर्मा, इन्दु गुरुङ्ग र जीवन थापा रहेका थिए । कार्यक्रममा शिक्षिका अस्मि शर्मा तथा शिक्षक अरुण खनाल र सुरेन्द्र शर्मा दाहालले आ–आफ्नो कविता प्रस्तुत गरेका थिए । विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले विजयी विद्यार्थीहरुलाई बधाई दिंदै उत्कृष्ट कविताहरु समाहित गरी निकट भविष्यमा एक कविता संग्रहको रुपमा प्रकाशित गर्ने बताए । विद्यालयका प्रशासक बाबुराम भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्राचार्य सुरेन्द्र शर्मा दाहालले गरेका थिए ।

Post a Comment

 
Top