0
गोल्डेन न्यूज संवाददाता
पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि., पृथ्वीचोकको शनिबार भएको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले ओमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष देशराज पुरी, सचिव किरणप्रसाद बञ्जारा, कोषाध्यक्ष कृष्णकुमार मुल्मी तथा सदस्य मेघबहादुर शाही, तेजकुमारी रेग्मी, रामप्रसाद मुल्मी चयन भए । लेखा समिति संयोजक अरविन्द तुलाचन तथा सदस्य लक्ष्मण पौडेल र खिमबहादुर खड्का छन् । ऋण उपसमिति संयोजकमा देशराज पुरी, सदस्य उत्सव मुल्मी र डोलकुमार कार्की, महिला विकास उपसमिति संयोजक रश्मी अधिकारी, सदस्य कमला गिरी र लोकमाया गुरुङ, शिक्षामा रामकुमार लामिछाने संयोजक, सदस्य सूर्य गिरी र लिलाधर सुवेदी, अनुगमनमा सोभित बस्याल संयोजक, सदस्य गणेश केसी र विष्णु जिसी चयन भए । सल्लाहकार तेजेन्द्र तुलाचन, केदारनाथ अधिकारी, गोविन्दकुमार श्रेष्ठ र कानुनी सल्लाहकार शिवराज पौडेल चयन भए । साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लि पोखरा शाखा संयोजक मेजर तुलसीप्रसाद गुरुङले सहकारी मूल्य मान्यता र सिद्धान्तअनुरुप चल्नुपर्ने बताए ।
 
कार्यक्रममा कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत शिवराज पौडेल, लेखापरीक्षक कमलप्रसाद बराल, क्रियटिभ बोर्डकास्टिङ मिडिया प्लसका प्रबन्ध निर्देशक मिलन प्रतीक, संचालक शोभित बानियाँलगायत बोलेका थिए । कार्यक्रममा अध्यक्ष ओमबहादुर कार्कीले २०७२÷०७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, कोषाध्यक्ष कृष्णकुमार मुल्मीले आर्थिक प्रतिवेदन,  लेखा समिति संयोजक अरविन्द तुलाचनले लेखा समिति र ऋण उपसमिति संयोजक देशराज पुरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा सहप्रबन्धक पिताम्बर लामिछाने, उत्कृष्ट निक्षेपकर्ता सदस्य अरविन्द तुलाचन, राम्रो आर्थिक कारोबार गर्ने ऋण लगानी उपसमिति सदस्य किसनमान बुद्धाचार्यलाई नगद सहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष ओमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी सिद्धान्तवाचन संचालक सदस्य तेजकुमारी रेग्मी, स्वागत सचिव किरणप्रसाद बञ्जारा र संचालन शेयर सदस्य रश्मी अधिकारी भण्डारीले गरेकी थिइन् । सहकारीमा १ हजार ८ सय ५३ जना शेयर सदस्य रहेको संस्थाका प्रबन्धक मोहनप्रसाद अधिकारीले जानकारी दिए ।  संस्थाको शेयर पुँजी २ करोड ३६ लाख रुपैयाँ छ भने चालु आवमा ७ करोड २५ लाख लगानी गरेको छ । संस्थाले गत आवमा १६ लाख ३१ हजार खुद मुनाफा आर्जन गरेको सचिव बञ्जाराले जानकारी दिए ।




Post a Comment

 
Top