0
गोल्डेन न्यूज संवाददाता
इस्लाम धर्मका सन्देष्टा हजरत मोहम्मद् सल्लल्लाहो अलैही वसल्मको १४९१ आंै जन्मोत्सवको अवसरमा आयोजित विविध कार्यक्रम अन्तर्गत शनिबार खुल्ला रक्तदान गरिएको छ। नेपाल मुस्लिम युवा समितिले मुस्लिम समाजको प्राङगणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका थिए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा श्रीकृष्ण श्रेष्ठले पहिलो रक्तदाता अरिना खातुनलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै उनले रक्तदानले स्वास्थ्यलाई हानि नपुग्ने बताए। उनले मुस्लिममा समुदायका युवाहरुले रचनात्मक काम गरेको भन्दै प्रशंसा गरे। त्यसअवसरमा समाजसेवी सराफत अलि मियाँ, सेरे नेपाल मौलाना इक्रामुद्विन अजहरि, रक्तसञ्चार केन्द्रका प्राविधिक महेन्द्र के.सीले बोलेका थिए। नेपाल मुस्लिम युवा समितिका अध्यक्ष अफजल हसेल मियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हुसेन अलिले स्वागत र सल्लाहकार मजिद मियाँले संचालन गरेका थिए।  त्यस्तै समितिले आउँदो विहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका विरामीलाई फलफूल वितरण गर्ने जनाएको छ।

Post a Comment

 
Top