0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद चूडामणि जंगलीले अवको एजेण्डा आर्थिक विकास र समृद्धि भएको बताएका छन । वेल चौतारा टोल विकास संस्था पोखरा–१४ को छैटांै साधारणसभा तथा अधिवेशनको शनिबार उद्घाटन गर्दै नेता जंगलीले अबको प्राथमिकता विकास भएको स्पष्ट पारे।  उनले सबै दल मिलेर संविधानको कार्यान्वयन र शिक्षा, स्वास्थ्य र रोजगारीको बढाउन लाग्न पर्नेमा सरकार विदेशीको इशारामा संविधान संशोधनको नाटक रचेको आरोप लगाए । सांसद जंगलीले राजनीतिक दललाई भिडाएर र धु्रविकरण गराउन कार्यान्वयन गर्नु पर्नेमा त्यस्तो नगरि संविधान संशोधनको खेल भएको आरोप लगाए । उनले टोल विकास संस्थामार्फत गरिने विकास जनसहभागितामा आधारित भएकोले दिगो हुने बताए ।  अधिवेशनले भीमबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा आनन्द श्रेष्ठ, सचिव शकुन्तला भण्डारी, कोषाध्यक्षमा रुद्रबहादुर खत्री र सह सचिवमा शंकरादेवी पौडेल चयन भएका छन् । समितिको सदस्यहरुमा कमला गुरुङ, कल्पना भण्डारी, कमला कार्की, बिश्व पौडेल, कृष्णप्रसाद बराल,धनेश्वरी पराजुली रहेका छन । सल्लाहाकारमा जगतबहादुर कार्की, रामचन्द्र खड्का, चन्द्र बहादुर केसी रहेका छन् । संस्थाका अध्यक्ष जगतबहादुर कार्कीको अध्यक्षतामा भएको समारोहमा पोखरा–१४ का वडा सचिव प्रकाश शर्मा पौडेल, पृथ्वीनारायण क्याम्पसका सहायक प्रमुख विरबहादुर कार्की, जनएकता युवा क्लवका अध्यक्ष अमृत कार्की, प्रतिभा टोल विकास संस्थाका अध्यक्ष तुलसीराम पौडेल, संस्थाका उपाध्यक्ष रामचन्द्र खड्का, सचिव शकुन्तला भण्डारी, कोषाध्यक्ष रुद्रबहादुर खत्री र वेल चौतारादेखि विरौटासम्मको बाटो निर्माण समितिका जीवन भण्डारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top