0
गोल्डेन न्यूज संवाददाता
गोर्खा एण्ड बराह ज्वेलरीको नयाँ शाखा पोखराको न्यूरोडस्थित आफ्नै भवनमा संचालनमा आउने भएको छ । सुनसरीको धरानमा २२ बर्ष अघि स्थापित बराह ज्वेलरी र गोर्खा कम्युनिटीको संयुक्त लगानीमा सञ्चालित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिजले नयाँ शाखाको रुपमा न्यूरोडमा सेवा विस्तार गर्न लागेको हो । बुधवार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार झण्डै ८ करोडको लागतमा निर्मित्त भवनमा नुनदेखि सुनसम्मका हरेक सामान प्राप्त गर्न सकिनेछ । इण्डष्ट्रिजका अध्यक्ष हरिकुमार धमलाले सभागृहचोकस्थित ज्वेलरी पसल यथावत रहने र न्यूरोड स्थित भवनमा थप सेवा विस्तार गरिने जानकारी दिए । नयाँ शाखा मंसिर ३ गतेदेखि सञ्चालनमा आउने उनले बताए । इण्डष्ट्रिजले पाँचौ बार्षिकोत्सवको अवसर पारेर नयाँ शाखा सञ्चालन गर्नुको साथै तीन दिने गहना प्रदर्शनी समेत गर्ने भएको छ । मंसिर ३, ४ र ५ गते न्यूरोड स्थित शाखामा प्रदर्शनी हुने धमलाले बताए। उद्घाटन कार्यक्रमको अबसरमा ग्राहक मध्ये एक जनालाई गोलाप्रथाबाट सुनको सिक्का उपहार प्रदान गरिने बताइएको छ । त्यस्तै उद्घाटनको अबसरमा गहनाको ज्यालामा विशेष छुट दिने समेत इण्डष्ट्रिजले जनाएको छ । इण्डष्ट्रिजले सुनसरीको धरानदेखि काठमाडौं, पोखरा, नारायणगढ, हङकङ, युके तथा दुवईमा सेवा सञ्चालन गरिरहेको छ । सबै शाखा मार्फत अहिलेसम्म ५ सय ७५ जनाले प्रत्यक्ष रोजगारी पाएको र झण्डै तीन हजार यसमा निर्भर रहेको धमलाले बताए । स्थानीय स्तरमा रहेको निस्क्रिय पूँजीलाई लगानी गरी स्थानीय स्तरमै रोजगारीको अबसर प्रदान गर्ने लक्ष्य सहित इण्डष्ट्रिजले लगानी विस्तार गरिरहेको उनले बताए । गोर्खा एण्ड बराह ज्वेलरीले हालसम्म हरेक विलबाट ३० रुपैया छुट्याएर आर्थिक अभावको कारण विद्यालय जान नपाएको बालबालिकालाई सहयोग गर्दै आएको छ । अहिले चार जना छात्रवृत्तिमा अध्ययन गरिरहेको धमलाले बताए । त्यस्तै निःशुल्क एम्बुलेन्स सेवा, सेवाग्राहीको लागि निःशुल्क ट्याक्सी सेवा समेत सञ्चालन गरिरहेको गोर्खा कम्युनिटीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले बताए । लगानी प्रबद्र्धन तथा रोजगारीको अबसर सिर्जना गर्नुको साथै सामाजिक काममा समेत अग्रसर हँुदै आएको उनले बताए ।

Post a Comment

 
Top