0
गोल्डेन न्यूज संवाददाता
नेपालकी भूपू उपप्रधानमन्त्री सैलजा आचार्यको परिकल्पनामा भारतका भूतपूर्व प्रधानमन्त्री चन्द्र शेखरले शिलान्यास गरेको श्री सर्वेश्वरी समूह नामक एक प्रतिष्ठानको भारतीय राजदूत रन्जित रेले स्थलगत भ्रमण गरि त्यहाँको वृहत योजनामा सहयोग पु¥याउने प्रतिवद्धता जनाएका छन् । राजदूत रे पोखरा–१६ मा निर्माणधिन नेपाल श्री सर्वेश्वरी समूहको परियोजना स्थल पुगेर संवोधन गर्दै नेपालका महिलाहरुको सशक्तिकरण कार्यमा सहयोग पु¥याउन भारत सरकार तयार रहेको जनाए ।  भारतले नेपालका ५७५ भन्दा बढी योजनाहरुको निर्माणमा सहयोग पु¥याएर शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रत्यक्ष सहयोग पु¥याएको उनले बताए । नेपाल र भारतको एउटै मुख्य चुनौती विकास हो भन्दै त्यसको लागि सहकार्य गरेर अगाडि वढ्नुपर्ने राजदूत रे ले बताए । उनले आफ्नो देशका भूपू प्रधानमन्त्री चन्द्र शेखर र नेपालका भू.पू उपप्रधानमन्त्री शैलजा आचार्यले ठूलो त्याग गरेको र उनीहरुको सही श्रद्धाञ्जली दिलाउन पनि यो परियोजनालाई सफल तुल्याउनु पर्ने वताए । यस्तै साउथ एसिया फाउण्डेशनका महासचिव राहुल वरुवाले आफ्नो संस्थाले यस परियोजनालाई आवश्यक पर्ने विशेषज्ञ चिकित्सक नियमित रुपमा पठाउने प्रतिवद्धता व्यक्त गरे । वरुवाले सर्वेस्वरी समूह नेपाल भारतको संवन्धमा कोशे ढुंगा सावित हुने वताएका थिए । यस्तै सांसद शारदा पौडेलले परियोजनामा सहयोग पु¥याउने जग्गा दाता, निर्माण दाता सवैलाई धन्यवाद दिंदै नेतृ शैलजाको सहि सम्मान र श्रद्धा गर्न उनको महान लक्ष्य र उद्देश्यलाई पुरा गर्नतर्फ लाग्नु पर्ने वताइन् । कार्यक्रमका अर्का अभिन्ता एवम् अग्रज समाजसेवी नेपाल सरकारका पूर्व सचिव वावुराम आचार्यले सर्वेश्वरीले अघि सारेको परियोजना विशुद्ध सामाजिक संस्था भएकोले कुनै राजनीतिक सोच र पूर्वाग्रह त्यागेर ऐक्यबद्ध रहेर काम गर्न आग्रह गरेका थिए । विचार राजनीतिको छाता, झोला र जुत्ता वाहिरै राखेर संस्थामा सेवा र सहयोग गर्न सकेमा संस्था आफ्नो उद्देश्यमा सफल हुने बताए ।महिला तथा वालवालिका कार्यालय पोखराकी प्रमुख लक्ष्मी जिसीले जनयुद्ध, भूकम्प र वैदेशिक रोजगारको पीडा सवैभन्दा वढी महिलाले खेप्न परेको वताईन् । उनले उत्पिडनलाई पिल्सिएर रहेका महिलाहरुलाई सहयोग गर्न यो संस्थाको आवश्यकता रहेको औल्याइन । कार्यक्रममा सर्वेश्वरी समूह नेपालको केन्द्रीय अध्यक्ष सुम्निमा बाँस्तोलाले महिलाहरुको सशक्तिकरण एवं मानसिक उपचार तथा पुनःस्थापना केन्द्र बनाउने महान उद्देश्यले स्थापित यो संस्थालाई सबै पक्षको सहयोग महत्वपूर्ण रहने वताइन् । कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सामाजिक अभियन्ता लक्ष्मी पाण्डे क्षेत्रीले गरेकी थिइन् । शान्त र सुन्दर वातावरणमा १८ रोपनी जग्गामा एउटा भवन निर्माण भइसकेको छ भने अन्य योजनाको निर्माणको खाका तयार भइसकेको र सहयोग जुट्ने क्रमजारी रहेको वताइएको छ। परियोजनाको खाका सहितको प्रस्ताव राजदूत रे लाई बुझाइएको छ ।



Post a Comment

 
Top