0
पोखरा उप–महानगरपालिका वडा नंं ६, बैदाममा रहेको चेतना वचत तथा ऋण सहकारी संस्था लि.को १६औंैं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भयो । अधिवेशनले जगत बहादुर पहारीलाई अध्यक्षमा चयन गरेको छ । संस्थाको कार्यसमितिको  उपाध्यक्षमा ज्ञानेन्द्रराज कोइराला (विश्व), सचिवमा तेजनारायण पराजुली र कोषाध्यक्षमा परशुराम शर्मा पहारी रहेका छन् । यस्तै संस्थाको सदस्यहरुमा ईन्द्र प्रसाद पौडेल, प्रेम कुमारी पहारी (सुशिला), खवराज पहारी, लोकराज पहारी, महेश्वर पहारी  रहेका छन् । सहकारीका अध्यक्ष गिरीराज अधिकारीको अध्यक्षतामा भएको  कार्यक्रममा अध्यक्ष गिरीराज अधिकारीले प्रस्तुत गरेको  प्रतिवेदन सर्वसम्मत पारित भयो  कार्यक्रममा उपाध्यक्ष जगत बहादुर पहारीले स्वागत गरेका भने सचिव ज्ञानेन्द्रराज कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए।  उक्त अवसरमा ंसंस्थाका शेयर  धनी प्रेमराज शर्मा पहारी, नेत्रपाणि अधिकारी र रामु अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रेमराज पहारी, लिालधर अधिकारी, तेज नारायण पराजुली, निर्वाचन संयोजक मेहरमान श्रेष्ठ, होमबहादुर लामिछाने लगायतका वक्ताहरुले संस्थाले गरेको प्रगती र अगिंकार गरेको सहकारी सिद्धान्तका वारेमा चर्चा गरेका थिए । संस्थाले आ.व. ०७२÷७३ मा १४ करोड ऋण लगानी, १३ करोड निक्षेप संकलन गर्नुका साथै करिव १७ लाख मुनाफा गरेको बताइन्छ ।



Post a Comment

 
Top