0
गोल्डेन न्यूज संवाददाता
मणिपाल मेडिकल कजेलले आन्दोलनरत संकायका शिक्षकलाई विद्यार्थीको भविष्यमाथि गम्भीर बन्न आग्रह गरेको छ । कलेजद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आन्दोलनरत संकायका शिक्षकको मागलाई सम्बोधन गर्ने र व्यवस्थापनका बाध्यतासमेत अध्ययन गरी समस्याको समाधान गर्न सबै पक्ष सहमत भएको अवस्थामा पुनः कक्षा सञ्चालनमा अवरोध गरेकाप्रति गम्भीर ध्यानआकृष्ट भएको कलेजका प्रशासन प्रमुख भानु भारद्वाजले बताए । यही मङसिर १ गते जिल्ला प्रशासन कार्यालयमा मणिपाल कजेल व्यवस्थापन प्रतिनिधि, अभिभावक र आन्दोलनरत संकायका प्रतिनिधिबीच सहमति भएर कार्यान्वयनको प्रक्रिया अगाडि बढेका अवस्थामा पुनः विद्यार्थीको पठन–पाठन अवरुद्ध गराइएको उनको भनाइ छ । प्रशासनले स्रोत साधनलाई ध्यानमा राखी २०७३ साल १ गतेदेखि लागू हुनेगरी तलब वृद्धिको निर्णय गरेको जानकारी दिए । वृद्धि भएको तलब तथा सुविधा एकमुष्टरुपमा यही मङ्सिर ७ गते भुक्तानी गरिएको र अस्थायी शिक्षकलाई स्थायी गर्ने तथा आकस्मिक कल ड््यूटी गरेबापत सट्टा बिदा दिने सम्बन्धमा व्यवस्थापनले काठमाडाँै विश्वविद्यालयसँग समन्वय गरिरहेको भारद्वाजले बताए । कलेजका प्राचार्य बिएम नागपालले सहमतिअनुसार समिति गठन गरी उक्त समितिको सिफारिसका आधारमा समस्या समाधान गरिने र विद्यार्थीको पठनपाठनमा असर पार्ने गरी आन्दोलन नगर्न संकायका शिक्षकलाईलाई आग्रह गरेका थिए ।










Post a Comment

 
Top