0
गंगाधर पराजुली
पोखरा २७ कार्तिक ।

सत्तारुढ नेपाली काँग्रेसका शीर्ष नेताहरूले संविधानको कार्यान्वयन का लागि तीन तहको निर्वाचन अपरिहार्य भएको भन्दै निर्वाचनमा केन्द्रित बन्न
नेपालमा लामो समयदेखिका संघर्षबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य भएको बताउँदै नेताहरुले चुनावका लागि प्रथम चरणमा हुनुपर्ने तीनै तहको निर्वाचनका लागि सक्रिय बन्नुपर्नेमा जोड दिए ।
पोखराको चिप्लेढुङ्गामा आयोजित एक भव्य समारोहबीच  नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका थिए । हजारौं कार्यकर्ता र समर्थकहहरु सहभागी कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानको कार्यान्वयनका लागि काँग्रेस दृढ सङ्कल्परत भएको भन्दै सबै वर्ग र समुदायको भावनालाई समेट्न संविधानमा आवश्यकता अनुसार संशोधन गरेर संविधान कार्यान्वयन गरिछाड्ने बताए ।
देशको आर्थिक समृद्धि र विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक भएको स्पष्ट पार्दै देउवाले सबै निर्वाचनमा पार्टीलाई पहिलो सशक्त पार्टीका रुपमा स्थापित गर्न युवा तरुण जुट्नुपर्नेमा जोड दिए । नेता देउवाले अब हुने निर्वाचनमा नेपाली कांग्रेसले जुनसुकै हालतमा पनि जित्नुपर्ने भन्दै कांग्रेसका लागि यो हन्तिम मौका भएकाले कांग्रेसका भातृ संस्था तरुण दल र नेविसंघको भूमिका अझ महत्वपूर्ण रहेको स्पष्ट पारे ।
पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउने बताउँदै उनले जारी नेपाल तरुण दलको महाधिवेशनमा सबैलाई मिलाएर लैजाने गरी सर्वसम्मत नेतृत्वका लागि पहल गर्न समितिलाई निर्देशन दिए। यसै प्रसङ्गमा उनले भने–‘तरुण दलको वर्तमान केन्द्रीय समितिमा रहेका साथीहरुलाई पार्टीले प्रदेश संरचना बनाएर तथा अन्य किसिमले महत्वपूर्ण जिम्मेवारी दिने उल्लेख गरे ।
एमालेले जनता झुक्याउने काम गरेको भन्दै नेता देउवाले कार्यकतालाई जनताको वीचमा गएर एमालेका झुटा प्रचारका बारेमा सचेत गराउन समेत आग्रह गरे । ‘एमालेले रामं्रो बजेट ल्याएको भन्दै जनतालाई झुक्याउने काम गरेका छ, तर कांग्रेस र भातृ संस्थाका नेता, कार्यकर्ताहरु काठमाडौंमा बसेर नेताको चाकडी गर्ने प्रवृत्ति कायम रहेकाले त्यसलाई अन्त्य गर्न र आफू जनतामाझ  योग्य बन्न तरुणहरु लाग्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले यसबारेमा कांग्रेस गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले देशको अपेक्षाअनुरुप काँग्रेसलाई आगामी निर्वाचनबाट पहिलो र सशक्त पार्टी बनाउन पार्टीभित्र सुदृढ एकता अपरिहार्य भएको स्पष्ट पारे ।
उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा भन्दा बाहिर अर्थात अन्य दलसंग प्रतिस्पर्धा गर्न सक्ने संगठनको निर्माण गर्न पार्टी नेतृत्व लाग्नुपर्ने खाँचो औंल्याए । उनले पार्टीमा आफ्नो पकड जमाउन भन्दा  जनतामा पकड जमाउने सोच राखेर काम गर्न पार्टी नेतृत्वसंग आग्रह गरे । संविधानको कार्यान्वयनका लागि राष्ट्रिय एकता र अखण्डतालाई असर नपार्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
नेता पौडेलले पार्टी, प्रजातन्त्र र देशलाई नै जोखिममा राखेर काम नगर्न नेतृत्वलाई सचेत गराउँदै आफूले भने पार्टी र प्रजातन्त्रलाई जोखिममा पार्न भन्दा आफै जोखिममा परेर संगठनका लागि काम गरिरहेको बताए । देशमा कृषि क्रान्ति, पर्यटन र ऊर्जाको विकासका माध्यमबाट आर्थिक समृद्धि र विकास हासिल गर्नु आवश्यक भएको उल्लेख गर्दै उनले देशलाई राजनीतिक संकटको अवस्थाबाट पार लगाउँदै राजनीतिक स्थिरता र विकासको मार्गमा उन्मुख बनाउनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले देशका सबै किसिमका चुनौतीलाई पार लगाउन सक्ने काँग्रेस वर्तमानको आवश्यकता भएको बताउँदै पार्टीलाई एकाकार बनाएर लैजानुपर्नेमा जोड दिए । सविधान संशोधन गर्दा सब दललाई सहमतीमा ल्याएर दुई तिहाई बहुमतले पारित गर्नुपर्नेमा उनले जोड दिए । उनले माओवादी, एमाले र मधेशी दललाई एक ठाँउमा ल्याएर संविधान संशोधन गर्ने भूमिका कांग्रेस सभापति देउवाको भएको बताए । कांग्रेसकी कोषाध्यक्ष शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले वर्तमान सरकार संविधान संशोधनका लागि गठन भएको बताउँदै संशोधन नभए कार्यान्वयन हुनै नसक्ने दावी गरिन् । नेपाली काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले  निर्वाचन गराएर संविधान कार्यान्वयन गर्ने दायित्व सरकारको रहेको बताउँदै विद्यमान राजनीतिक समस्याको समाधान गर्न कांग्रेस सक्षम हुनुपर्नेमा जोड दिए ।
नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अहिंसा र शान्तिको बाटोबाट मात्रै विकास सम्भव भएको भन्दै नेपाली जनतामा तरुण दलप्रति ठूलो माया र भरोसा भएको बताए ।
उनले संविधानका कार्यान्वयन का लागि संविधानका धेरै धारा तथा उपधारा संशोधन आवश्यक भएको बताउँदै उनले संविधान संशोधनका लागि प्रमुख राजनीतिक दलसँग औपचारिक एवं अनौपचारिक रुपमा छलफल जारी रहेको जानकारी दिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले तरुण दलको महाधिवेशनले नेपाली काँग्रेसलाई एकजुट हुन सन्देश दिने तथा यसले राजनीतिक स्थिरता र स्थायित्वमा बल पुग्ने विश्वास व्यक्त गरे। नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौलाले संंविधान संशोधन गर्दा दुई तिहाइले पारित हुनेगरि प्रस्ताव पेश गर्नुपर्नेमा जोड दिंदै नेपालको संघीयता मौलिक रहेकोले मौलिक संरचनामा असर पार्ने गरि संविधान संशोधन गर्न नहुने बताए । नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन तरुण दलले अगुवाइ गर्नुपर्नेमा जोड दिए । उनले सरकार स्थानीय तहको निर्वाचन गर्न तयार रहेको र यसमा पार्टीको पूर्ण सहयोगको खाँचो औँल्याए ।
गरिबी निवारण मन्त्री हृदयराम थानीले तरुणदल नेपाली काँग्रेसको मेरुदण्डका रुपमा रहेको र यसले सिङ्गो समाजलाई परिवर्तन गर्न सक्ने बताए ।
कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्षहरू विनोद कायस्थ, महादेव गुरुङ र महेन्द्र यादव, नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदयशम्शेर राणा, युवा संघका अध्यक्ष राजीव पहारी लगायतले परिवर्तित २१औँ शताब्दीमा युवा तरुणको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै सवल र सक्षम नेतृत्व वर्तमानको आवश्यकता भएको बताएका थिए ।
तीन दिनसम्म चल्ने सो महाधिवेशनमा ७३ जिल्लाका एक हजार ४०० प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनको आज आइतबार पोखरा सभागृहमा बन्द सत्र र सोमबार निर्वाचन कार्यक्रम सुरु हुने नेपाल तरुण दलले जनाएको छ ।
कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको पोखरामा सुरु चौथो राष्ट्रिय महाधिवेशनको शनिबार आयोजित उद्घाटन समारोहमा बोल्ने नेताहरूले पार्टी कार्यकर्ताहरुलाई चुनावका लागि तयार रहन निर्देशन दिएका हुन् ।

Post a Comment

 
Top