0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा, लायन्स क्लब अफ पोखरा गण्डकी, लायन्स क्लब अफ पोखरा फिष्टेल, लायन्स क्लब अफ पोखरा आँगन र लायन्स क्लब अफ पोखरा आर्दश चौतारीको संयुक्त आयोजना र लाईफ केर्यर डाईग्नोसिस तथा रिर्सज सेन्टर, न्यूरोड, पोखराको प्राविधिक सहयोगमा मधुमेह सम्वन्धी जानकारी तथा सचेतना गराउने उद्देश्यले निःशुल्क डाईबिटिज परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १ सय ३७ जनाको निःशुल्क डाईबेटिज परिक्षण गरिएको थियो। कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्माले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा पश्चिमा¥चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारानाथ पौडेल रहेका थिए । कार्यक्रममा लायन्स क्लब अफ पोखरा फिष्टेलका  अध्यक्ष लायन बसन्त प्रधानले स्वागत मन्तब्य राखेका थिए। कार्यक्रममा डाइबिटिज कमिटीका चेयरपर्सन तीर्थलाल श्रेष्ठ, लाइफ केर्यर डाईग्नोसिस तथा रिर्सज सेन्टरका डाईरेक्टर डा. अमर नागिला र पूर्व मल्टिपल काउन्सिल चेर्यरपर्सन प्रेमबहादुर श्रेष्ठले मधुमेह रोगको बारेमा जानकारी तथा सचेतना प्रदान गरेका थिए। कार्यक्रमको संचालन लायन्स क्लब अफ पोखरा आँगनका अध्यक्ष लायन मदन कुमार मुल्मीले गरेका थिए ।




Post a Comment

 
Top