0
वैदेशिक रोजगारले नेपाली समाजमा पारेको प्रभावलाई समेटेर युवा पत्रकार तथा लेखक जनकाराज सापकोटाद्वारा लिखित पुस्तक ‘कहर’ माथि शनिबार पोखरा परिचर्चा गरिएको छ । ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको नियमित मासिक कार्यव्रmमको ६८ आँै शृङ्खलामा कृतिको परिचर्चा गर्दै वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका पूर्व कार्यबाहक अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङले नेपाल सरकार वैदेशिक रोजगारका विषयमा देखिएका समस्या समाधान गर्ने मुद्दामा निरीह देखिएको बताए । फ्रि भिषा भनेर सरकारले भनिरहँदा पनि वैदेशिक रोजगारी व्यावसायीहरुले लाखौँ रुपैयाँ नेपाली युवाहरुसँग ठगिरहेको दृश्य ब्रगेल्ती देखिने बताउँदै गुरुङले यसतर्फ राज्यले कडाइ गर्नुपर्नेमा जोड दिए। वैदेशिक रोजगारीले आर्थिक सूचकाङ्क गतिलो देखिएपनि त्यसले भित्री रुपमा पारिवारिक विखण्डनसम्मको समस्या ल्याएको उनले औँल्याए ।
 
देशमा राजनीतिक स्थिरता नहुनु, लोडसेडिङ हुनु लगायतका कारणले दैेनिक १२ सयदेखि १५ सय युवाहरु विदेशिने गरेको र कुल ग्राहस्थ उत्पादनको २९ प्रतिशत रकम विप्रेषणबाट भित्रिने गरेको गुरुङले बताए । कहरले वैदेशिक रोजगारका व्रmममा नेपाली युवाहरुले भोगेका कटु यथार्थको मार्मिक चित्रण गरेको बताउँदै उनले किताबले उठाएको विषयमा गहिरो समाजशास्त्रीय छलफल हुनुपर्नेमा जोड दिए। सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा लेखक सापकोटाले वैदेशिक रोजगारीका विषयमा बहस होस् भनेर आफूले किताब लेखेको बताए। वैदेशिक रोजगारीका विषयमा देखिएका समस्याहरुमाथि राज्यलाई धारे हात लगाएर मात्र अब कोही पनि उम्किन नमिल्ने भन्दै सापकोटाले १५ जिल्ला घुमेर देखिएका दुरावस्थाहरुमाथि आँसुले लेखिएका वास्तविक कथा कृतिमा समेटेको बताए । वैदेशिक रोजगार विभागमा यसअघि नै कार्य गरिसकेका पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले वैदेशिक रोजगारीको प्रणालीलाई व्यवस्थित गर्न राज्य लाग्नुपर्ने बताए। राज्य नपुगेको ठाउँमा वैदेशिक रोजगार व्यावसायी पुगेको बताउँदै तिनीहरुले नेपाली युवाहरुलाई ठग्ने मौका दिन नहुने ढुङ्गानाले बताए ।  सोसाइटीका सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा उपाध्यक्ष केशवशरण लामिछानेले आगामी मङ्सिर २५ गते डा. रजनी ढकालको प्रस्तुतिमा ‘नेपाली नारी लेखनको वर्तमान अवस्था’ का बारेमा छलफल गरिने जानकारी दिए। कार्यव्रmममा दीपक पराजुली, विष्णु बाँस्तोला, दीपेन्द्र अर्याल, अग्निप्रसाद तिमिल्सिना, भरत कोइराला, माया गुरुङ ‘मनाङी’, निरज थापा, मीरा ढकाल, मुकेश अधिकारीलगायतले टिप्पणी गरेका थिए ।

Post a Comment

 
Top