0
पोखरा, सभागृहचोकको लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि
(युआरएल)ले लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनसँगको सहकार्यमा तनहुँको बेलचौतारामा शनिबार मधुमेह तथा मृगौला सम्बन्धी निःशुल्क रक्तपरीक्षण आयोजना ग¥यो। शिविरमा तीन सय १७ जनाको रक्त परीक्षण गरिएको थियो। शिविरमा सहभागी हुन शुक्लागण्डकी नगरपालिका र आसपासबाट उल्लेख्य मात्रामा सर्वसाधारण पुगेका थिए। शिविर उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ युरोलोजिष्ट डा. ध्रुवबहादुर अधिकारीले स्वास्थ्यकर्मी, समाज र सर्वसाधारणको एकीकृत प्रयासले मात्र जनस्वास्थ्यको अवस्थामा सुधार ल्याउन सकिने बताए। उनले मधुमेह तथा मृगौला रोग हुने कारण, यसका लक्षण र उपचार प्रक्रियाबारे समेत प्रकाश पारेका थिए। युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले संस्थाले विभिन्न संघ, संस्थासँगको सहकार्यमा अधियानकै रुपमा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताए। उनले विदेश पठाउनुपर्ने र अति संवेदनशील रक्तपरीक्षण कम शुल्कमा नेपालमा नै उपलब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको समेत स्पष्ट पारे। कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका कार्यकारी अधिकृत तिलकबहादुर खड्का र शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष देवराज खनालले पनि बोलेका थिए।  लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनका संस्थापक अध्यक्ष दुर्गाकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दीर्घबहादुर थापा, ध्वजाको अभिवादन द्वितीय उपाध्यक्ष प्रदीप थापा र संचालन सहसचिव कमल गैह्रेले गरेका थिए।


Post a Comment

 
Top