0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस कार्यकर्तालाई निर्वाचनमा केन्द्रित बन्न आग्रह गरेका छन् । नेपाली काँग्रेस  स्याङ्जाद्वारा आयोजित आरुखर्क गाविस वडा ६ निवासी प्रजातन्त्रका सेनानी तथा नेपाली काँग्रेसका नेता मोहनीप्रसाद पौडेलको अभिनन्दन समारोहमा उनले यस्तो बताएका हुन् । पौडेल नेपाली कांग्रेस स्याङ्जाका पुराना नेता हुन् । लाभको कुनै पद नलिएपनि आफ्नो जीवनको अधिकांश समय कांग्रेसु र प्रजातन्त्रका लागि समर्पित गरेका पौडेल केही महिनाअघि ब्रेन ट्युमरका कारण गम्भीर बिरामी भएका छन् । उमेरको उत्तराद्र्ध र स्वास्थ्य अवस्था समेत गम्भीर भएपछि कांग्रेस सभापति देउवालाई बोलाएर पौडेललाई अभिनन्दन गर्ने चाँजोपाँजो स्याङ्जा कांग्रेसले मिलाएको हो । पौडेललाई गरिएको अभिनन्दन पत्रकार पौडेलको प्रजातन्त्र र लोकतन्त्रप्रतिको अगाध आस्था र निष्ठाको उच्च प्रशंसा गर्दै नेपाली लोकतान्त्रिक आन्दोलनको सच्चा योद्धा भएर पार्टी र संगठनमा समर्पित हुँदै राष्ट्र र समाजका खातिर संघर्षरत रहँदै आएको उल्लेख गरिएको छ ।  उक्त अवसरमा बोल्दै सभापति देउवाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो र सशक्त पार्टीका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले स्याङ्जाको विकासका लागि प्रतिवद्धता समेत जनाए । सभापति देउवाले प्रजातन्त्रका सेनानी मोहनी प्रसादले देशमा प्रजातन्त्रको प्राप्तिका लागि र समाजिक विकासका लागि गर्नुभएको योगदान प्रशंसायोग्य भएको भन्दै उहाँको स्वास्थ्योपचार मा पार्टीका तर्फबाट पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले स्याङ्जा जिल्लामा प्रजातन्त्र र समाजिक विकासका लागि योगदान गर्ने मोहनीप्रसादको योगदान अनुकरणीय भएको बताए ।
 
नेपाली काँग्रेस स्याङ्जाका सभापति एवं सांसद कमलप्रसाद पगेनीले मोहनीप्रसादलाई गरिएको अभिननन्दन निष्ठा र आदर्श प्रतिको अभिनन्दन भएको उल्लेख गरे । सांसद राजु थापाले पौडेललाई स्याङ्जाको मात्र नभएर देशकै नेता भएको उल्लेख गर्दै तारापति सुवेदी र श्रीप्रसाद जिटी जस्ता व्यक्तित्वले कांग्रेस र प्रजातन्त्रका लागि पु¥याएको योगदानको प्रशंसा गरे । उक्त अवसरमा अभिनन्दित व्यक्तित्व मोहनीप्रसाद पौडेल, पार्टीका कोषाध्यक्ष प्रेमप्रसाद पौडेल, नेता जिपछिरिङ लामा, जिल्ला सचिव कुमार राना लगायतले राजनीति केवल पद प्राप्ति र प्रतिष्ठाका लागि नभएर समाज तथा राज्यमा योगदान गर्नका लागि भएकोमा जोड दिएका थिए ।





Post a Comment

 
Top