0
वरिष्ठताका आधारमा डिन नियुक्त नगरेको भन्दै डा.गोविन्द केसीले आइतबारबाट दसौं अनसन सुरु गरेका छन्। वरिष्ठता आधारमा डिन नियुक्ति नगर्ने चलखेलमा संलग्न त्रिवि उपकुलपति डा. तीर्थ खनियाँलाई ‘शैक्षिक अपराध’को आरोपमा पदबाट बर्खास्त गर्नुपर्ने उनको माग छ। केसीका पटक–पटकका अनशन र सम्झौतामा सरकारले वरिष्ठता आधारमा डिन नियुक्ति गर्ने स्वीकारे पनि कार्यान्वयन तहमा जान नसकेको भन्दै नौबुँदे माग राख्दै उनी फेरि अनसन बसेका हुन्। एमबिबिएस र बिडिएस कार्यक्रमको शुल्क अघिल्लो वर्ष झैं यो वर्ष पनि कायम गर्न तत्काल विश्वविद्यालयहरुलाई निर्देशन दिइयोस् भन्ने उनको माग छ। गत वर्ष एमबिबिएसमा उपत्यकाभित्र ३५ लाख, उपत्यकाबाहिर साढे ३८ लाख र बिडिएसमा २० लाख शुल्क तोकिएको थियो।
त्यस्तै, आइओएमलाई पूर्ण स्वायत्तता संस्था बनाइयोस्, चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिइयोस, माथेमा प्रतिवेदन र विगतका सम्झौता पालना गरियोस्, लोकमान सिंह कार्कीमाथि महाभियोग प्रक्रिया निस्कर्षमा पुर्याएर उनलाई जवाफदेही बनाइयोस्, आयुक्त राजनारायण पाठकमाथि समेत तत्काल छानविन अघि बढाइयोस् लगायत माग पनि उनले राखेका छन्। जयराम गिरी समितिले दोषी ठहर्याएका आइओएमका पूर्व पदाधिकारीलाई तत्काल कारबाही गरियोस्, विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न बन्ने कमिटी शिक्षामन्त्रीको नभई स्वतन्त्र विज्ञको नेतृत्वमा हुने कानुनी व्यवस्था  गरियोस् र प्रत्येक प्रदेशमा कम्तीमा एक सरकारी मेडिकल कलेज खोल्ने सम्झौता तुरुन्त कार्यान्वयन गरियोस् भन्ने पनि उनको माग छ।

Post a Comment

 
Top