0
गोल्डेन न्यूज संवाददाता
हरिवोधनी एकादशीको दिन शुक्रबार पोखराका धार्मिक स्थलहरुमा भक्तजनहरुको घुइचो लाग्यो । हरिबोधनी एकादशी विशेष गरेर हिन्दूहरुले मनाउने गर्दछन् । हरिवोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । पोखराको पवित्र तीर्थस्थल मानिने सेती नदिको किनार, गाईघाट, रामघाट, के आइसिं पुल लगायतका नदिमा स्थान गरि फूल तार्ने भक्तजनहरुको भिड लागेको थियो। विहानैदेखि साँझसम्म स्थान र फूल चढाउन आउनेहरुको लर्को लागेको थियो । नदी किनारमा भजन चुडका गाएर मनोरञ्जन समेत गरेका थिए । पोखराको रामघाटमा हरेक वर्ष जस्तै शुक्रबार पनि मेला लागेको थियो । मेला हेर्न तथा फूलतार्न र स्थान गर्न कास्कीका ग्रामिण क्षेत्र लगायत छिमेकी जिल्ला स्याङ्जा, तनहुँ लगायतका जिल्लाबाट भक्तजनहरुको भिड लागेको थियो । राष्ट्रिय लोक भजन चुडका संरक्षण समितिले भजनचुडका गाएर मनोरञ्जन प्रदान गरेको थियो । भजन चुडका लोप हँुदै गाएका कारण हरेक वर्ष हरिबोधनी एकादशीका दिन भजन–चुडका गाउने गरिन्छ । एकादशीका दिन ब्रत बसेर फूल तार्दा पृत्रीले खुशी हुने र मनको इच्छा पुरा हुने भएकाले कारण रामघाटमा स्थान गर्न आएको शुभद्रा अधिकारीले बताइन । आजको दिन तुलसीको विवाह गरेर स्नान गर्नाले फल प्राप्त हुने विश्वासका कारण व्रत बसेर स्नान गर्न आएको अधिकारीको भनाई थियो । उनले सात हजार वर्ष देखि मनाउँदै आएको संस्कृतिलाई निरन्तरता र संक्षण गर्नु पनि धार्मिक आस्थालाई जिवन्त राख्नपनि मनाउने गरिएको बताइन।

एकादशीका दिन भक्तजनहरु नजिकैको जलासयमा गई स्थान गरि चोखो भई व्रत बसेर भगवान विष्णुको प्रतिक तुलसीको विशेषरुपमा पूजा गरि विहे गरिदिन्छन्। असार शुक्ल एकादशीको दिन व्रत बसेर घरघरमा रोपिएको तुलसीलाई कात्र्तिक शुक्ल एकादशी अर्थात आजको दिन ब्रत बसेर पुजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । पौराणिक कथा अनुसार मुर नामक दैत्यको आतंकबाट मुक्ति दिलाउन विष्णुले ठूलो सर्घष गर्नुपरेको थियो ।यही युद्धको थकानबाट विश्राम लिन बद्रिआश्रमस्थित हिमबती गुफामा गई सयन गरिरहेको अवस्थामा विष्णुको शरिरबाट अत्यन्त सुन्दरी कन्या उत्पन्न भइन् । तीनै कन्याबाट कात्र्तिक शुक्ल एकादशीको दिन बध गरिएका मुर नामक दैत्य जमिनमा बजिरएको ठूलो आवाजले बिष्णु सयनबाट ब्युझिएकोले आजको दिनलाई हरिबोधनी एकादशी भनिएको हो । हरिवोधनी एकादशीको दिन उसिनेको सखरखण्ड, तरुल, फर्सी खाने प्रचलन रही आएको छ ।

Post a Comment

 
Top