0
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेस एक ढिक्का भए मात्रै अहिलेको चुनौतीलाई सामना गर्न सकिने बताएका छन् ।
लौहपुरुष  गणेशमान सिंहको १०१ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउन्डेसन कास्कीले शुक्रबार पोखरामा आयोजित ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीर गणेशमानसिंहको योगदान’ विषयको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पार्टीमा गुटउपगुट एवम् मतभेद देखिएमा संविधान कार्यान्वयनको ऐतिहासिक जिम्मेवारी पूरा हुन नसक्ने बताए ।  नेता सिंहले वामपन्थीलाई बहुदलीय व्यवस्थाप्रति विश्वास गराउन सक्ने खुबी  गणेशमान सिंहमा थियो भन्दै राजनीतिक उपलब्धिपछि आर्थिक क्रान्ति गरेर देशलाई आर्थिक समृद्धितर्पm उन्मुख गराउने  गणेशमानको सपना पूरा गर्न सबै राजनीतिक दलबीच एकताको खाँचो औँल्याए। सो अवसरमा नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले दुई ठूला छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्दै मुलुकमा शान्ति स्थापना गरी आर्थिक समृद्धि स्थापना गर्ने दायित्व काँग्रेसको काँधमाथि आएको छ स्पष्ट पारे । सांसद रामकृष्ण यादव, यज्ञबहादुर थापा र  मोहन राईले गणेशमान सबै काँग्रेसी नेताको आस्थाको केन्द्र भएको बताए। संस्थाका उपाध्यक्ष सिकन्दर गुरुङका अध्यक्षतामा भएको सो कार्यक्रममा प्रा कुसुमाकर न्यौपाने, काँग्रेस कास्कीका सभापति कृष्ण केसी लगायतले गणेशमानको योगदानमाथि प्रकाश पारेका थिए ।





Post a Comment

 
Top