0
गोल्डेन न्यूज संवाददाता
पोखरामा भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सुन्दर गुरुङ चयन भएका छन् । शुक्रवार पोखरामा भएको संस्थाको पाँचौ अधिवेशनले गुरुङको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा प्रा.डा वेदनाथ शर्मा, सचिवमा वुद्धि मल्ल, सह–सचिवमा माया गुरुङ, कोषाध्यक्षमा रवीन्द्र वाँस्तोला चयन भएका छन्। दस्यहरुमा दीपेन्द्र श्रेष्ठ, श्यामनाथ कुँवर, राजेन्द्र वाटाजु र खगेन्द्रदेवी घिमिरे पनि सर्वसम्मत चयन भएका छन्।नवनिर्वाचित सुनासका अध्यक्ष सुन्दर गुरुङले पोखरा र आशपासको क्षेत्रमा भ्रष्टाचार विरुद्धको अभियान थप सशक्त वनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि, प्रतिवद्धता मन्तव्य राख्दै गुरुङले सुशासन अहिलेको प्रमुख चुनौति वनेको भन्दै, उहाँले सवै तहका नागरिकहरुको साझा सहकार्यले मात्रै भ्रष्टाचार न्यूनिकरण गर्न सकिने वताए । लामो समयदेखि पोखराका विभिन्न सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका गुरुङले सरकारी र नीजि दुवै क्षेत्रको साझा सहयोगमा मात्रै सुशासन कायम गर्न सकिने बताए । अधिवेशनको उद्घाटन गर्दै, ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका पूर्वउपाध्यक्ष एवं संस्थाका सल्लाहकार आनन्दराज मुल्मीले देशमा मौलाउँदो भ्रष्टाचार न्यूनिकरणका लागि नागरिक समाज थप सशक्त वन्नुपर्ने वेला आएको वताए । संस्थाका अध्यक्ष पुण्य पौडेलले सुशासनको क्षेत्रमा काम गर्नु कठिन कार्य भएको भन्दै भ्रष्टाचार विरुद्धको अभियान अझै वढाउनुपर्ने वताए । कार्यक्रममा शान्तिको लागि नागरिक समाज संजाल कास्कीका संयोजक ढाकाराम पौडेल, पूर्वसंयोजक विष्णु बराल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । साधरणसभाले सचिव दीपेन्द्र श्रेष्ठ र कोषाध्यक्ष वुद्धि मल्लले प्रस्तुत गरेको साँगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।




Post a Comment

 
Top