0
गोल्डेन न्यूज संवाददाता
जनप्रिय बहुमुखी क्याम्पसको २५औँ वार्षिकोत्सव एवं रजत जयन्ति महोत्सव तथा ३२औँ फणिन्द्र स्मृति दिवसको पूर्वसन्ध्यामा अनेरास्ववियू क्याम्पस कमिटीले ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । ‘तीब्र गति जीवनको क्षति’ नाराका साथ शुक्रबार विहान क्याम्पस सभाहलमा भएको सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक राजेन्द्र कार्कीले ट्राफिकको परिचय, उद्देश्यहरु, ट्राफिक नियमहरु, दुर्घटनाका कारणहरुबारे विद्यार्थीलाई सहजीकरण गरेका थिए । पछिल्लो समयमा दुर्घटनाका कारण विश्वमा प्रत्येक दिन तीन हजार दुई सय जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको र नेपालमा ५–७ जनाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरे । कार्यक्रममा करीब चार सय विद्यार्थीको सहभागिता थियो । यसअघि कार्यक्रमको शुभारम्भ गर्दै युवा परिषद नेपाल, कास्कीका अध्यक्ष एवं अनेरास्ववियू केन्द्रिय कमिटीका सदस्य आर्शिवाद सुवेदीले अनेरास्ववियू जनप्रिय बहुमुखी क्याम्पस कमिटीले सदैव समय सान्दर्भिक कार्यक्रम गरि बिद्यार्थीको मन जित्न सफल भएको र वर्तमान समयमा युवाहरु कुनै राजनीतिक पार्टीको भर्याङ नबनी समाज परिवर्तन र सहि दिशामा लाग्नुपर्ने बताए ।
 
विशेष अतिथि अनेरास्ववियू केन्द्रिय कमिटीका सदस्य ज्ञानु भुजेलले विद्यार्थीमा राजनीतिक चेत हुन आवश्यक रहेको तर शिक्षालयमा राजनीति नगरी यस्तै रचनात्मक कार्य गर्न सुझाव दिईन् । त्रिवि जिल्ला कमिटी कास्कीका अध्यक्ष बिबेक देवकोटाले ट्राफिक सचेतना कार्यक्रम विद्यार्थीहरुका माझल्याउनु उदाहरणीय र उल्लेखनीय भएको बताए। कार्यक्रमको अध्यक्षता समेत गरेका क्याम्पस कमिटी अध्यक्ष अनिल खड्काले कमिटी शैक्षिक गतिविधिमा मात्र ध्यान केन्द्रित नगरी सामाजिक क्षेत्रमा पनि सदैव लागिरहने र एउटा समुन्नत समाजको निर्माण गर्ने अभियानमा रहेको बताए । कार्यक्रममा कमिटीका उपाध्यक्ष सुनिल पोख्रेलले स्वागत मन्तव्य र कमिटीका सचिव गोबिन्द महतले संचालन गरेका थिए । अनेरास्ववियू रापस क्षितिज पौडेल, त्रिवि जिल्ला सम्मेलन आयोजक कमिटीका सह–संयोजक शंकर सैंजु, भुगोल जिल्ला कमिटीका सहसचिव सञ्जय पौडेल, त्रिवि जिल्ला सदस्य बिनोद भण्डारी, जीबन सुबेदी, करुणा गुरुङ लगाायतको सहभागीता रहेको थियो ।


Post a Comment

 
Top