0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारको संविधान संशोधनको प्रयत्नले संविधान कार्यान्वयनमा सङ्कट उत्पन्न गराउने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले कुनै व्यक्ति विशेष र राजनीतिक दलको चाहना र स्वार्थ पूरा गर्ने गरी ल्याइने संशोधनलाई नेपाली जनताले कदापि स्वीकार गर्न नसक्ने बताए । उनले संविधान संशोधनको ओचित्य पुष्टि नभएसम्म संशोधनमा एमालेले साथ नदिने बताए । ‘एमाले संशोधन गर्नै हुदैन भन्ने पक्षमा छैन, यो गतिशिल दस्तावेज हो तर अहिले हुन सक्दैन् ।’ उनले कुनै अमूक दल र ब्यक्तिको स्वार्थको लागि संशोधन हुन नसक्ने दावी गरे । उनले अहिले गर्ने भनिएको सशोधन देश र जनताको हित अनुकुन नभएको भन्दै जनताको सर्वाभौमिकता, अखण्डा र राष्टिय स्वाभिमान कमजोर बनाउने गरि ल्याउने प्रस्ताव एमालेलाई स्वीकार्य नहुने चेतावनी समेत दिए । उनले भने–‘सरकारले भनेजस्तो सशोधन स्वीकार्य छैन, जनताको चाहना र स्वार्थको रक्षाका लागी काम गर्नु एमालेको कर्तब्य हो ।’ मिलेर बसेका प्रदेश नं ५ का तराई र पहाडी जिल्लालाई संविधान संशोधनबाट छुट्याउने प्रयास गलत भएको भन्दै एमाले सचिव विष्टले यस्तो प्रस्ताव त्यस क्षेत्रका जनताले स्वीकार्न नसक्ने चेतावनी दिए। स्वाधीनता र अखण्डतामाथि आइपर्ने सङ्कटका अगाडि सत्तापक्ष सांसदहरू पनि उभिनुपर्ने बेला आएकामा जोड दिँदै उनले यस्तो गलत प्रयासका लागि एमाले संसदभित्र र बाहिर कडा रूपमा प्रस्तुत हुने बताए। प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल र सचिव अर्जुन गिरी लगायतले आ–आफ्नो भनाइ राखेका थिए।



Post a Comment

 
Top