0
गोल्डेन न्यूज संवाददाता
पोखराको अपर सेतीमा जारी कायाकिङ प्रतियोगितामा मंगलबार बोर्डर क्रस हेड टु हेड अन्तर्गतको खेल सम्पन्न भएको छ । मंगलबार सम्पन्न खेलमा पुरुषतर्फ अमेरिकाका गारेन स्टेफेन प्रथम भएका छन । बोर्डर क्रसमा बेलायतका नोएह फिलिप्स र नेपालका दिपेश गुरुङ क्रमस द्वितीय र तृतीय स्थान हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन । त्यसैगरी मंगलबार सम्पन्न महिलातर्फको बोर्डर क्रसमा बेलायतका बेथ मोर्गन प्रथम, अमेरिकाका किरा पाउलस द्वितीय र आयरल्याण्डकी सुसन डोयल तृतीय स्थान हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी छिन । एक किलोमिटर दुरीको बोर्डर क्रस हेड टु हेडमा बिदेशी र नेपाली गरी ५२ जना खेलाडीहरु सहभागी थिए । मंगलबारको बिजेताहरु आज बुधबार हुने स्ट्रीम सललम मा प्रतिस्पर्धा गर्नेछन । मंगलबार छनौट भएका ४ जना र सोमबार छनौट भएका २८ जना गरी ३४ जनाले मंगलबारको खेलमा सहभागीता जनाउने नेपाल एशोसिएसन अफ ¥याफ्टिङ (नारा)का पश्चिमाञ्चल संयोजक नीम बहादुर मगरले जानकारी दिए । हिमालयन ह्वाइटवाटर च्यालेन्ज नामक कायकिङ प्रतियोगितामा हरेक विद्यामा प्रथम, द्वितीय र तृतीयलाई नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सिनियर तर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै जुनियर तर्फ पहिलो ३० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई २० हजार रुपैया प्रदान गरिनेछ । महिला तर्फ विजेतालाई २५ हजार, उपविजेता लाई २० हजार र तेस्रो हुनेलाई १५ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १० लाख खर्च अनुमान गरिएको छ । यसअघि भोटेकोशी, त्रिशुली, मस्र्याङ्दी लगायतका नदीमा हुँदै आएको प्रतियोगिता पहिलो पटक सेती नदीमा आयोजना गरिएको हो। प्रतियोगिताले पोखरामा शाहसिक खेल कायाकिङ र ¥याफ्टिङ पर्यटनको प्रवद्र्धन गर्नुको साथै सेती नदी किनारमा रहेको फोहोर ब्यवस्थापनमा समेत सहयोग पु¥याउने लक्ष्य लिइएको छ ।

Post a Comment

 
Top