0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले पोलिटव्यूरो वैकल्पिक सदस्य एवं सांसद तुलबहादुर गुरुङ्गले सम्पूर्ण जनताको आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न सक्ने परिस्थितिको निर्माण नहुँदासम्म समृद्ध नेपालको परिकल्पना गर्न नसक्ने बताएका छन । आराधना टोल विकास संस्था ले.न.पा १३, खुदिखोलाद्वारा आयोजित भेलालाई संबोधन गर्दै  उनले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका अत्यावश्यक विषयहरु नागरिकको मौलिक हकको रुपमा संविधानमा उल्लेख भएको बताए । नेता गुरुङ्गले संविधानबाट सुनिश्चित महत्वपूर्ण उपलब्धिहरुको रक्षा गर्दै पूर्ण कार्यान्वयनतर्फ लाग्न जनता जागरुक बन्नुपनेमा जोड दिए। भेलालाई संबोधन गर्दै नेकपा एमाले प्रदेश नं. ४ का सदस्य श्रीनाथ बरालले राष्ट्रिय हित, सर्वभौमिकता एवं आम नेपालीको चाहना विपरित आफ्नो पार्टी अगाडि बढन नसक्ने जनाउँदै संविधान संशोधन भन्दा कार्यान्वयन अहिलेको आवश्यकता भएको बताए ।  कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य पूर्ण लामा, एमाले  क्षेत्र नं. १ का अध्यक्ष उमा परियार, सचिवालय सदस्य बुद्धिसागर पोखरेल, लेखनाथ नगर सचिव मोहन गुरुङ्ग, क्षेत्र नं. २ का सदस्य ठाकुर शर्मा, लेनपा १२ का अध्यक्ष श्रीराम पोखरेल लगायतले आम जनसमुदायको हितमा संविधान जारी भएको बताउँदै यसको विरुद्ध भएका गतिविधि तर्फ चनाखो भई अगाडि बढनु पर्नेमा जोड दिएका थिए ।  आराधाना टोल विकाश संस्था लेनपा–१२, खुदीखोलाका अध्यक्ष भूपेन्द्र राना मास्कीको अध्यक्षतामा भएको भेलाको संचालन जेवि घलेले गरेका थिए । कार्यक्रममा सांसद तुलबहादुर गुरुङ्गले सांसद विकास कोषबाट उक्त टोल विकासका लागि सहयोग उपलब्ध गर्ने जनाएका छन् ।

Post a Comment

 
Top