0
गोल्डेन न्यूज संवाददाता
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को आयोजना एवं पोखरा विश्वविद्यालयको संयोजनमा शुक्रबार पोखरामा विज्ञान तथा प्रविधिपार्क तथा विज्ञान केन्द्र स्थापना सम्बन्धी सम्भाव्यता अध्ययन छलपल कार्यक्रम सम्पन्न भएको छ । ‘शान्ति र विकासका निम्ति विश्व विज्ञान दिवस २०१६’ का उपलमा पोखराको नगर विकास प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा विज्ञान तथा प्रविधि क्षेत्रमा अग्रसर ४० भन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नाष्टका सह प्राज्ञ प्रा.डा. शोभाकान्त लामिछानेले विज्ञान र प्रविधि बिना देशले विकास निर्माणमा छलाङ मार्दै संवृद्धि हासिल गर्न नसक्ने बताए । hस्वास्थ्य विज्ञानमा प्रविधिको भूमिका विषयमा आफ्ना भनाईहरु राख्दै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. खेमराज जोसीले स्वास्थ्य क्षेत्रमा प्रविधि अत्यावश्यक रहेको र नाष्टले सातै वटा प्रदेशमा आफ्ना केन्दहरु खोल्नुपर्ने बताए। कार्यक्रमका प्रमुख अतिथि क्षेत्रिय प्रशासक खगराज बरालले नयाँ–नयाँ प्रविधिको खोज र अनुसन्धानले नै देशको अर्थतन्त्र र विकासमा टेवा पु¥याउन सक्ने भन्दै प्रतिभाको पलायन हुनबाट रोक्नुपर्नेमा पनि जोड दिए ।  कार्यक्रममा प्रा.डा. ईन्द्र प्रसाद तिवारी, शिक्षाविद् जोर्ज जोन, डा. राधेश्याम कायस्थ, प्रा.कृष्णराज तिवारी, डा.लक्ष्मीप्रसाद देवकोटा, डा. शोभाकान्त लामिछाने, पवित्रमणि पौड्याल लगायतले आ–आफ्नो भनाई राखेका थिए । नाष्टका सचिव बुद्धिरत्न खड्गेको सभापतित्वमा भएको कार्यक्रममा पोखरा विश्व विद्यालय विज्ञान तथा प्रविधि संकायका डीन ई.बुद्धिराज जोसीले स्वागत, संचालन अतिश कौडिन्यायनले गरेका थिए ।








Post a Comment

 
Top