0
गोल्डेन न्यूज संवाददाता
पोखरामा मंसिर पहिलो साता पोखरा इन्डोर कर्पोरेट नाइट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । पोखरामा पहिलो पटक युवा राष्ट्रिय क्रिकेट खेलाडी करन के.सी सहितका पाँच युवाको समूह हिमालयन यति गाईजको आयोजनामा मंसिर ७ देखि १० गतेसम्म प्रतियोगिता संचालन गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा १२ टिमको सहभागीता रहने अनुमान गरिएको क्रिकेटर करन केसीले बताए । प्रतियोगितामा कास्की बहिरा क्रिकेट संघ पाहुना टिमको रुपमा सहभागी हुने भएको छ । प्रतियोगिता पोखराको अमरसिंहचोकस्थित अमरसिंह स्पोर्ट सेन्टरमा हुने प्रतियोगिता संयोजक सुमित शेरचनले जानकारी दिए । खेल लिगचरणमा हुने र ६ ओभरमा खेलाइने छ । प्रतियोगितामा कार्यालयका कर्मचारीहरु मात्रै सहभागी हुन पाउने ब्यवस्था गरिएको संयोजक शेरचनले बताए । कर्पोरेट हाउसका कर्मचारीहरुलाई आफनो ब्यस्त दैनिकीबाट समय निकालेर खेलको मज्जा दिदै क्रिकेट खेलको प्रवद्धन गर्ने उद्देश्यले पोखरामा पहिलो पटक इन्डोर क्रिकेट प्रतियोगिता गर्न लागिएको केसीले बताए । ‘नेपालमा पछिल्लो समय क्रिकेटमा बढेको लोकप्रियता बढेको छ, त्यसैले यसलाई ब्यवसायिक रुपमा अगाडि बढाउन र कर्पोरेट हाउसलाई लगानी गर्ने वातावरणको लागी प्रतियोगिता गर्न लागेको हौं’ के.सीको भनाई थियो । उनले क्रिकेट खेललाई ब्यवसायिक बनाउन कर्पोरेट हाउसहरुको लगानीले खेलको विकास र खेलाडीलाई प्रोत्साहनमा सहयोग पुग्ने अपेक्षा गरे । प्रतियोगिताको प्रमुख लक्ष्य क्रिकेट खेलको प्रवद्र्धन हो उनले भने–‘अन्तर्राष्ट्रिय प्रतियोगिता नभएको र पोखरामा आफू रहेको बेला क्रिकेट प्रतिको आकर्षण बढाउन प्रतियोगिता गर्ने सोच बनाएका हौ ’केसीको भनाई थियो। देशमै क्रिकेटका कुनैपनि गतिविधि नभएको र पोखरामा पनि अस्ताए जस्तो लागेर केही गरौ भन्ने सोचले साथीभाई मिलेर प्रतियोगिता आयोजना गरेका हौ ।प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भने वेष्ट बलर,बेष्ट ब्याटसम्यान, मेनआफदी सिरिज पुरस्कारबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव २ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।






Post a Comment

 
Top