0
बालवालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो । यसको संक्रमण सबभन्दा वढी २ वर्ष मुनिका साना बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समुहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो । विश्वभरी वर्षेनी ५ वर्ष मुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ भने नेपालमा ५ वर्ष मुनिका ३५ लाख वच्चाहरु मध्ये ५ हजार ६ सय जनाको मृत्यु हुन्छ । मृत्यु हुनेहरु मध्य ९८५ वालवालिकाहरु नेपाल जस्तो कम विकासोन्मुख देशका पर्दछन् ।
परिचय ः न्युमोनिया फोक्सोमा शुक्ष्म जिवाणुहरुबाट हुने शिघ्र संक्रमण हो जसको कारणबाट फोक्सोमा सुजन हुने गर्दछ । यसले गर्दा ज्वरो आउने वच्चाले छिटो छिटो सास फेर्ने र छट्पटाउने गर्दछ । फोक्सोले हाम्रो शरीरमा आवश्यक अक्सिजन (प्राणवायु) शरीर भित्र लैजान्छ र शरीरमा उत्पन्न भएका विकारयुक्त ग्यासहरुलाई शरीरबाट बाहिर निष्कासन गर्ने काम गर्दछ । तर जब फोक्सोमा सुजन धेरै हुन्छ तव यो कार्य गर्न सक्दैन, फलस्वरुप मृत्यु समेत हुने गर्दछ । निमोनिया उपचार र रोकथाम गर्न सजिलो छ, वेलैमा यसबारे सचेत हुन सकेमा एन्टिवायोटिक औषधीबाट घरगाउँमा उपचार गर्न सकिन्छ ।
निमोनियाका कारण के?
यसको प्रमुख कारण आँखाले देख्न नसकिने सुक्ष्म जिवाणुहरु हो जुन प्रत्यक मानिसको नाक र घाँटीमा हुन्छ तर यी जिवाणुहरु जब फोक्सो भित्र पस्छ यसले संक्रमण गरि निमोनिया गराउँछ । सुक्ष्म जिवाणुहरु मध्य पनि ५०५ जति निमो कोकस र हेमो फाइलस ईन्फ्लुयन्जा (हिव वि) को कारण निमोनिया हुने गर्दछ भने आधा जति अन्य सुक्ष्म जिवाणु, फंगसको कारण हुन्छ । एच.आई.भि. ÷एडस् संक्रमित ब्यक्तिहरुमा भने एक थरि विशेष जिवाणु न्युमोनियसिस जिराएभिको कारण निमोनिया हुने गर्दछ ।
निमोनियाको जोखिममा के हुन्छ ?
निमोनियाको जोखिममा सबभन्दा बढी रोग प्रतिरोध क्षमता कम भएका, कम तौलका, महिना नपुगि जन्मेका शिशुहरु, कम पोषित र कुपोषित वच्चाहरु, एच.आई.भि.÷एडस् संक्रमित बालबालिकाहरु, ब्यक्तिहरु कम पोषित बुढाबुढीहरु पर्दछन् । यसता वालवालिकाहरुमा १ घण्टा भित्र र ६ महिना पूर्ण र नियमित स्तनपान गर्न नपाएका, ६ महिना पछि २ वर्षसम्म नरम झोलिलो पोषिलो थप आहार नपाएका, २ वर्षदेखि माथिका पोषिलो आहार नपाएका बालबालिकाहरु पर्दछन् । साथै सरसफाईको कमी, खाना पकाउँदा, धुम्रपान गर्दाको धुवाँ धुलो र चिसोको वातावरण बढी भएको सबै ठाउँकोे वालवालिकाहरु र बुढाबुढीहरुमा यसको संक्रमण बढी हुनसक्छ । साथै खोप नपाएका बच्चाहरुमा रोग प्रतिरोध क्षमता विकसित नहुने हुदा निमोनिया हुने जोखिम रहन्छ ।
निमोनिया सर्ने तरिकाः
सबै ब्यक्तिहरुको नाक र घाँटीमा हुन्छ तर जब यी जिवाणुहरु कूनै कारण वस फोक्सोमा पस्दछ तव निमोनियाको संक्रमण हुन सक्दछ । यो रोग विरामीले हाछ्यु गर्दा, खोक्दा निस्केका छिटाहरु नजिकै बसेका स्वस्थ ब्यक्तिहरुमा श्वास लिदा सर्ने हुन्छ । भरखरै जन्मेका शिशुहरुमा भने जन्मने बेलामा रगतको माध्यमबाट पनि सर्न सक्छ ।
रोगका लक्षणहरु क्े के हुन्छ ?
शुरुमा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने र हल्का ज्वरो आई साधारण रुघाखोकी लाग्ने र पछि छिटो छिटो सास फेर्ने वा सास फेर्न गा¥हो हुनु । ज्वरो (१०२ं भन्दा माथि) । कडा निमोनिया भएमा वच्चा खान पिउन नसक्ने, सुस्त वा वेहोस हुने, आमाको दुध चुस्न नसक्ने हुन्छ र कसै कसैमा सास फेर्दा आस्वाभाविक आवाज सुनिने पनि गर्दछ ।
उपचार ः निमोनियाको उपचार एन्टिवायोटिक र सरल तरिकाबाट गर्न सकिन्छ । प्राय महिला स्वास्थ्य स्वयम सेविकाहरु, समुदाय स्तरका स्वास्थ्य संस्था स्वास्थ्य कर्मीहरुले उपचार निःशुल्क रुपमा गर्ने गर्दछ ।शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ ।
घरेलु उपचार ः चिकित्सकका अनुसार निमोनिया औषधिले मात्र निको हुने संक्रमण होइन। यसको सबैभन्दा महत्वपूर्ण उपचार भनेको चिसोबाट जोगिनु तथा सरसफाइ र हेरचाहमा ध्यान दिनु हो। निमोनियाका लक्षण देखिएमा बिरामीलाई न्यानो कपडा लगाउन दिनुपर्छ र न्यानो स्थानमा राख्नुपर्छ। बच्चाहरूलाई पटकपटक आमाको दूध खुवाइराख्नुपर्छ। किनकि, एकैपटक बच्चाले धेरै दूध चुस्न सक्दैन। खोकी बढी लागेको छ भने घरेलु औषधि, जस्तै मह, अदुवाको रस, तुलसीको पात राखेर उमालेको पानीमा बेसार मिलाएर खुवाउनु राम्रो मानिन्छ। यसका साथै बिरामीलाई गेडागुडीको झोल बनाएर पटक–पटक खुवाउनुपर्छ। युवा तथा वृद्धहरूले धूम्रपान गर्न छाड्नुपर्छ।
रोकथामः बाालबालिकाहरु जन्मनु अघि गर्भवती महिलाले परिवारको दया मायाँ सहयोग, पोषिलो खाना पाएको हुनु,साथै जन्मिसकेपछि पनि आमा परिवारको मायाँ हेरचाह पाउनु पर्छ तव मात्र २ वर्ष सम्म मष्टिस्कको ९०५ विकासका अंगहरुको पनि पूर्ण विकास भई शिशु रोग प्रतिरोध शक्ति विकशित भएको स्वस्थ बालकको रुपमा हुर्किन सक्छ, यसको लागि स्वास्थ्य संस्थामा पटक पटक जचाउन जाने दिएका परामर्शको पालना गर्नुका साथै २० वर्ष पछ विवाह गर्ने र परिवार नियोजनलाई अपनाउनु पनि त्यतिकै जरुरी छ । साथै १ वर्ष भित्र पुरा खोप लगाएमा निमोनिया रोकथाममा मद्धत हुन्छ ।
नवजात शिशुहरुलाई न्यानो गराईराख्ने र सरसफाईका साथै जन्मेको १ घण्टा भित्रै स्तनपान गराई ६ महिनासम्म पूर्ण स्तनपान गराउनु पर्छ । ६ महिना पछि आमाको दुधको साथसाथै पोषिलो खाना ३–५ पटक खुवाउनु पर्दछ । खासगरि घर भित्र हुने धुवाँ, धुलोबाट र चिसोबाट वचाउनु पर्दछ। अभिभाभकहरुले धुम्रपान गरि शिशुलाई छुने लिने र नजिकै वस्न पनि हुदैन । एच.आई.भि. संक्रमित वच्चाहरुले स्वास्थ्य कर्मीहरुको सल्लाह लिई एन्टिवायोटिक कोट्रिम दैनिक खानाले निमोनिया लाग्नबाट बचाउँदछ ।
स्वास्थ्य संस्थामा उपचारको लागि छिटै लैजानु पर्ने अवस्थाहरुः– बच्चाले छिटो छिटो सास फेरेमा, वच्चाको कोखा हानेमा, बच्चाले झोल खानेकुरा खान नसकेमा, बच्चाले आमाको दुध चुस्न नसकेमा २ महिना मुनिको वच्चालाई ज्वरो आएमा वा हात खुट्टा शिताङग भएमा, वच्चा ज्यादै कुपोषित भएमा ।
निष्कर्षः निमोनियाको संक्रमण र मृत्यु विकासोन्मुख देशमा धेरै बढी हुनुमा चेतनाको कमी स्वास्थ्य शिक्षा संचारमा सर्व साधारण जनताको पहुँचमा कमी, भौगोलिक कठिनाई, यातायातको असुविधा देखिन्छ । अत निमोनिया वारे ब्यापक जनचेतना जगाउनु आवश्यक छ ।
नेपालमा गत वर्ष देखि मात्रै दिवस मनाउने कार्यक्रम शुरु भएको भएपनि यसवर्ष ‘निमोनिया विरुद्ध लडौं, वालवालिका बचाऔं’ भन्ने नाराका साथ जिल्लााको प्राथमिक स्वास्थ्य स्तर सम्म र सदरमुकाममा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरि मनाउने कार्यक्रम छ । साथै पत्रपत्रिका र स्थानिय एफ एम रेडियो वाट जानकारी मूलक शन्देशहरु प्रशारण, सबै स्वास्थ्य संस्थाहरुमा निमोनिया सम्बन्धि जानकारी लेखिएको पोष्टरहरु पठाई सर्वसाधारणमा जानकारी पु¥याउने, जिल्ला स्वास्थ्य र सहयोगी सरोकारवाला संस्थाहरुको समन्वय र आर्थिक सहयोगमा सफलता पूर्वक सन्चालन गर्ने निर्णय गरिएको छ । आगामी दिनहरुमा यसता कार्यक्रम जिल्ला भरि विस्तार गर्नु पर्ने देखिन्छ, यसको लागि धेरै ठूलो धनराशीको खाँचो छ  ।
 
कस्ता बालबालिकालाई निमोनियाले सताउँछ ?
 
डा. रामहरि चापागाइँ÷बालरोग विशेषज्ञ
सास फेर्न गाह्रो भई घ्वार–घ्वार आवाज आउने तथा श्वासप्रश्वास प्रणालीअन्तर्गत फोक्सोमा हुने संक्रमणलाई निमोनिया भनिन्छ । निमोनिया साना बालबालिकालाई  बढी मात्रामा हुने गरेको पाइन्छ । वयष्क र वृद्धवृद्धाहरूलाई पनि यो समस्या हुने गर्छ । यो रोगले वर्षैभरि सताउने गरे पनि जाडोयाममा विशेष गरेर यसले बालबालिकालाई बढी सताउने गरेको पाइन्छ । यो रोग लागेपछि फोक्सोको श्वासप्रश्वास गर्ने स–साना एल्भियोलाइहरूमा पीप तथा पानीजन्य तरल पदार्थ भरिन्छ । यसले गर्दा दुखाइ हुने तथा श्वास फेर्न गाह्रो हुने गर्छ । निमोनिया यस्तो रोग हो, जसको कारणले मात्र विश्वमा सबभन्दा बढी बालबालिकाको ज्यान लिन्छ । विश्वमा १२ लाख पाँच वर्षमुनिका बालबालिकाको मृत्यु निमोनियाको कारणले हुन्छ भने जम्मा मृत्युको १८ प्रतिशत हिस्सा निमोनियाले ओगटेको छ । यो रोगले प्रतिवर्ष टीबी, मलेरिया र एचआईभी र एड्सबाट हुने कुल मृत्युभन्दा पनि बढी पाँच वर्षमुनिका बालबालिकाको ज्यान लिन्छ । यसको प्रकोप झन् विकासोन्मुख मुलकमा बढी छ । नेपालमा पनि निमोनियालगायतका छातीको संक्रमणले बालमृत्युदरको सबभन्दा बढी हिस्सा ओगटेको छ । तर पनि साधारण तरिकाले उपचार एवम् रोकथाम गरेमा यसबाट बच्न सकिन्छ । बालबालिकामा निमोकोक्काई र हिमोफिलस इन्फ्लुएन्जा नामक जीवाणुबाट बढी निमोनिया भएको पाइन्छ । एचआईभी र एड्सजस्तो शरीरभित्र रोगको विरुद्ध लड्ने क्षमता कम भएका बालबालिका तथा कुपोषण, अत्यधिक औषधि सेवन गर्ने बालबालिका एवम् अन्य कारणले रोगविरुद्ध लड्ने क्षमता कम हुने अवस्थाका बालबालिकालाई यो रोग बढी लाग्छ ।
निमोनियाको लक्षण ः बालबालिकामा यो रोग लागेको बेलामा छिटो–छिटो र गाह्रो गरी श्वास फेर्ने, खोकी लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने तथा श्वास फेर्दा घ्यार–घ्यार आवाज आउने हुन्छ । निमोनिया बिगँरदै गएमा कोखा हान्ने, बच्चा आलस्य हुँदै जाने तथा अन्त्यमा बेहोस हुने हुन्छ । समयमै उपचार नभएमा निमोनियाको कारणले टाउकोमा असर परी मेनिन्जाइटिस हुने, फोक्सोमा पानी जम्ने, बच्चा काँप्ने, मुटु सुन्निने तथा पानी भरिने, पेट फुल्ने, घुँडाको जोर्नीको संक्रमण हुने, रगतमा संक्रमण फैलिने आदि भएर बालबालिकाको ज्यानै जान सक्छ । त्यसैले आफ्ना बालबालिकामा त्यस्ता खाले समस्या देखा परेमा छिटोभन्दा छिटो चिकित्सकको सम्पर्कमा पुर्याइहाल्नुपर्छ ।
कुपोषितलाई बढी सताउँछ ः सबै बालबालिकालाई निमोनिया गराउने कीटाणुरजीवाणुरविषाणुले आक्रमण गर्न सक्छ । बलाबालिका स्वस्थ छन् भने रोगविरुद्ध लड्ने क्षमता बढी हुन्छ र निमोनिया हुन पाउँदैन । तर रोगको विरुद्ध लड्ने क्षमता कम भएमा निमोनियाले सताउँछ । त्यसै गरी छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्नेमा त्यो भन्दा कम उमेरदेखि नै आमाको दूधबाहेक अन्य खानेकुरा खान दिएमा, बच्चालाई दादुरा आएमा, एचआईभी र एड्स तथा नेफ्रोटिक सिन्ड्रोम भएमा निमोनिया हुने डर बढी हुन्छ । त्यसै गरी चिसो मौसममा गाउँघरमा दाउरा बाल्दा बढी धूवाँ आउने तथा परिवारका धेरै सदस्य एकैठाउँमा बस्दा बढी हुल हुने हुँदा यो रोगले बढी सताउने र निमोनिया हुने सम्भावना बढी हुन्छ । साथै कुपोषणको सिकार भएका, लामो समयसम्म धेरै किसिमका औषधि सेवन गरिरहेका र जन्मजातै शरीरमा रोगविरुद्ध लड्ने क्षमता कम भएर जन्मेका बालबालिकालाई निमोनियाको संक्रमण दर बढी हुन्छ ।
रोकथाम र उपचार ः धेरैजसो निमोनिया कीटाणुको संक्रमणले गर्दा हुन्छ । त्यसलाई एन्टिबायोटिक औषधिले निको पार्छ । धेरैजसो बिरामी बालबालिकालाई स्वास्थ्य संस्थामा चिकित्सकले दिएको सुझावअनुसार औषधि सेवन गराउँदा सजिलै निको हुन्छ । यदि बच्चा दुई महिनाभन्दा कम उमेरको छ वा अन्य जोखिमको कारणले कडा खालको निमोनिया भएको छ भने अस्पतालमा भर्ना गराई उपचार गराउनुपर्ने हुन्छ । अन्यथा स्वास्थ्य संस्थामा भर्ना गराई नसाबाट औषधि दिनुपर्नेसम्मको अवस्था अत्यन्तै न्यून बिरामीमा हुन्छ । कडा प्रकृतिको निमोनिया भई बच्चाको ज्यान नै जाने खतराबाट मुक्ति पाउन पहिले नै निमोनिया हुनबाट रोकथाम गर्नु नै बुद्धिमानी हुन्छ । त्यसैले निमोनिया गराउने केही महत्वपूर्ण कीटाणुको विरुद्ध खोप लगाउनुपर्छ । नेपालमा हाल हेमोफिलस इन्फ्लुएन्जा न्यूमोकोक्कस र दिफ्थेरियाविरुद्धको खोप सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध छ र त्यो अनिवार्यरूपमा लगाउनुपर्छ । न्यूमोकोक्कसविरुद्धको खोप पनि नेपालमा निजी क्षेत्रमा उपलब्ध छ । यो खोप पनि लगाउँदा राम्रो हुन्छ ।
निमोनियाबाट बच्ने अर्को उपाय बच्चाको पोषणमा ध्यान दिनु हो । पहिलो ६ महिनासम्म आमाको दूध मात्र खुवाउने र त्यसपछि उपयुक्त पोषिलो आहार दिएमा बच्चाको रोगविरुद्ध लड्ने क्षमता बढ्छ । यसले गर्दा निमोनियालगायत अन्य रोग लाग्नबाट बालबालिकालाई बचाउन सकिन्छ । वातावरणीय पक्षहरूमा सुधार ल्याई धूवाँ कम गर्ने, सरसफाइमा जोड दिने, बढी हुलमूल नहुने गरी बस्ने गरेमा पनि निमोनियाले कम सताउँछ । यदि आफ्नो बच्चा एचआईभी संक्रमित, मृगौलाको समस्या भएको अवस्थामा छ भने उसलाई अन्य बालबालिकालाई भन्दा विशेष प्राथमिकता दिई पोषण, खोप र सरसफाइमा ध्यान पुर्याएर निमोनियाबाट बचाउन सकिन्छ ।










Post a Comment

 
Top