0
गोल्डेन न्यूज संवाददाता
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओबादी) स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदशनले महंगी तथा भ्रस्टाचार नियन्त्रण गरी जनताको खाध्य सम्बन्धी अधिकारलाई व्यवहारमा सुनुश्चित गर्न माग गरेका छन् । उनले यसैका लागि कार्तिक २८ गते नेपाल बन्द गरिएको समेत बताए । उनले बन्दका दिन राखेर नारा, जुलुस गर्ने देखि लिएर सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको स्पष्ट पारे । नेकपा (माआवादी) कास्कीले बिहीबार पोखरामा आयोजना गरेको  नेपाल बन्दको पूर्व सन्ध्यामा “महंगी, भ्रष्टाचार र खाद्य सम्प्रभूता’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता ओलीले अनियन्त्रित रुपमा बढेको महंगीलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाउंदै गरिब, मजदुर, किसान, उत्पीडित तथा दलित समुदायलाई कम्तिमा पनि ५० प्रतिशत छुट हुनुपर्नेमा जोड दिएका । नेता ओलीले गरिब, मजदुर, किसान लगायत उत्पीडित वर्ग तथा दलित समुदायको राज्यसत्ता प्राप्तिका लागि एकीकृत जनक्रान्ति आवश्यक रहेको भन्दै माओबादीका नाममा बढिरहेको गलत प्रबृत्ति र आदत सुधारका लागि सांस्कृतिक क्रान्ति अघि बढाउनुपर्नेमा जोड दिए ।
नेपालमा खाद्य सम्प्रभुताको अधिकारको अवस्था अत्यन्तै कमजोर रहेकोमा कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले चिन्ता ब्यक्त गरेका थिए ।
 
उनीहरुले आयातमा भन्दा पनि उत्पादनमा जोड दिनुपर्नेमा जोड दिंदै सिन्डिकेट, कमजोर कानूनी कार्यान्वयनको अवस्था तथा  वस्तु उत्पादक र उपभोक्ताबीच दलालहरुको हाबी रहेकाले महंगी र भ्रष्टाचार बढेको गुनासो गरेका थिए । उनीहरुले महंगी तथा भ्रष्टाचार नियन्त्रण तथा खाद्य अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरुले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए ।  कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, जलस्रोत विज्ञ गोपाल शिवाकोटी ‘चिन्तन’, नेकपा (माओबादी) केन्द्रीय सदस्य एवं गण्डक ब्युरो इन्चार्ज सावित्री दुरा “आस्था“ नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका केन्द्रीय उपाध्यक्ष परशुराम कोइराला, नेपाल राष्ट्रिय प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसका संयोजक यादवराज उपाध्याय, प्राध्यापक महेन्द्रमान व्यतित, नेकपा (क्रान्तिकारी माओबादी) केन्द्रीय सदस्य नारायण अधिकारी ‘निश्चल’, नेकपा एमाले प्रदेश नम्बर ४ क सदस्य श्रीनाथ बराल, जनशक्ति नेपाल कास्की संयोजक किरण थापा, उपभोक्ता मंच कास्कीका अध्यक्ष कपिलनाथ कोइराला लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा बरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, नागरिक् समाज पोखराका अध्यक्ष रामबहादुर पौडेल र पर्यटनविद् वासु त्रिपाठी लगायतले महंगी तथा भ्रष्टाचार नियन्त्रण र खाद्य अधिकार सुनिश्चित गर्न हरेक प्रकारका आन्दोलनलाई समर्थन गर्न सकिने भन्दै नेपाल बन्द विकल्प खोजेर अन्य संघर्षका कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेकपा
(माओबादी) ले आयोजना गरेको नेपाल बन्द कार्यक्रमलाई संघले नबिथोल्ने बताए । उनले आगामी दिनहरुमा नेपाल बन्द नगर्ने बारेमा आफूले छलफल गर्न चाहेको समेत स्पष्ट पारे । नेकपा (माओवादी) कास्कीका सेक्रेटरी पूर्णजित पुनको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी ‘जगन्बा’ ले स्वागत र पार्टी जिल्ला सदस्य हिमलाल पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।








Post a Comment

 
Top