0
गोल्डेन न्यूज संवाददाता
नदीमा खेलिने साहसिक खेल कायाकिङको पोखरामा पहिलो पटक प्रतियोगिता हुने भएको छ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) पश्चिमाञ्चल क्षेत्रको आयोजनामा पोखरादेखि नजिक रहेको अपर सेतीमा हिमालयन ह्वाइट वाटर च्यालेन्ज नामक कायाकिङ प्रतियोगिता हुने भएको हो । आगामी नोभेम्बर २८ देखि ३० अर्थात मंसिर १३ देखि १५ सम्म अपर सेतीमा सो प्रतियोगिता हुने भएको हो । कास्कीको मर्दीदोभानबाट याम्दी सेती बाँधसम्म झण्डै ९ किलोमिटर क्षेत्रमा फैलिएको नदीमा उक्त प्रतियोगितामा विदेशी र नेपाली खेलाडीहरु गरी १ सय ५० जनाले सहभागीता जनाउने नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) पश्चिम क्षेत्रका अध्यक्ष निम मगरले जानकारी दिए । कायाकिङ प्रतियोगिता ३ विद्यामा हुने भएको छ । डाउन रिभर रेस एक किलोमिटर,स्ट्रीम सलालम र बोर्डर क्रस हेड टु हेड गरी प्रत्येक दीन एक÷एक विधामा विहान ९ देखि ४ बजेसम्म प्रतियोगिता हुने छ ।
प्रतियोगितामा हरेक विद्यामा प्रथम, द्वितीय र तृतीयलाई नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।  पर्यटकीय शहर पोखरादेखि नजिकै रहेको उपल्लो सेतीमा पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिता नेपालमा पन्धांै पटक हो । यस अघि नेपालको भोटेकोशी, त्रिसुली, मस्र्याङ्दी लगायतका नदीमा यो प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितालाई सफल पार्न नेपाल पर्यटन वोर्ड घुमफिर वर्ष २०१६ प्रवद्र्धक र नेपाल क्यानोनिङ संघ, अन्तर्राष्ट्रिय स्तरबाट इङल्याण्डको पिकयुके, स्मीथ सन ग्लास अमेरिका, थण्डर ड्रागन अमेरिका, इङग्लायण्डको लिभेद एडभेन्चर, कोकाटाक अमेरिका र अस्ट्रल अमेरिकाले सहयोग गर्ने भएको छ । यो प्रतियोगिताले पोखरामा शाहसिक खेल कायाकिङ र ¥याफ्टिङ पर्यटनको प्रवद्र्धन पोखराको सेती नदी किनारमा रहेको फोहोर ब्यवस्थापनमा समेत सहयोग पु¥याउने लक्ष्य लिइएको छ ।

Post a Comment

 
Top