0
क्षारसूत्र २ वटा शब्दहरु मिलेर बनेको छ । जसमा क्षार भनेको अल्काली हो भने सूत्र भनेको धागो हो । विशेष प्रकारले क्षारको निर्माण गरिन्छ । यहि क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाईएको बिशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्ने गर्दछ । यहि धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षारसूत्र विधि भनिन्छ । पाईल्स,फिस्टुला बाहेक पुरानो घाउहरुमा पनि यसको प्रयोग गरिन्छ । पाईल्स (अर्श वाबबासिर)ःयस्तो रोग हो जसमा दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मासुको डल्ला बाहिर निस्कने आदि हुन्छ । विशेष गरी कार्यव्यस्तताका साथै बिभिन्न कारणले दिशा लामो समयसम्म रोक्ने, लामो समय सम्मदिशा बस्ने तथा दिसा कव्जियत हुने कारणले गर्दा नै यो रोग लाग्ने सम्भावना बढी हुनसक्छ । बुझ्दा सामान्य बुझिने पाईल्स चार प्रकारका हुन्छन् ।
प्रथम चरण ः यस अवस्थामा दिशाा गर्दा मासुको डल्ला बाहिर आउँदैन तर रगत बग्ने र दुखाई भने हुने गर्दछ । यस अवस्थामा रहेको पाईल्सलाई औषधिद्वारा निको पार्न सकिन्छ ।
दोस्रो चरण ः यो अवस्थामा दिशा गर्दा मासुको डल्ला बाहिर आउँछ र दिशा गरिसकेपछि आफैं भित्र जान्छ यसका साथै दुख्ने अनि रगत आउने समेत हुन्छ । यो अवस्थासम्म पनि लामो समयसम्म औषधि सेवन गरि निको पार्न सकिन्छ । तेस्रो चरण ः यस चरणमा दिशागर्दा मासुको डल्ला बाहिर आउँछ र आफैं भित्र नगई औलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ । यसका साथै बढी मात्रामा दुख्ने अनि रगत बग्ने हुन्छ । यस अवस्थासम्म आईपुगेको पाईल्स औषधिले निको नहुने भएकाले क्षारसूत्र विधिबाटनै उपचार गर्नुपर्ने हुन्छ । चौथो चरण ः यस चरणमा मासुको डल्ला बाहिरनै बसिरहन्छ साथै अत्याधिक दुखाई र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थाल्दछ र संक्रमण सम्पूर्ण शरीरमा फैलिएर मान्छेको मृत्यु पनि हुन्छ । यो रोग १ देखि २ प्रतिशतसम्म क्यान्सरमा परिणत हुने गरेको पाईएको छ भने यो रोगको अप्रेशन गरेका बिरामीहरुमा ३० देखि ४० प्रतिशतसम्म दोहोरिएको पाईएको छ । तर क्षार सूत्र विधिबाट उपचार गरेको बिरामीहरुमा भने १ प्रतिशत भन्दा पनि कम मात्र दोहोरिने देखिएको छ । यदि समयमै उपचार गरेमा यो रोगबाट सजिलै मुक्तहुन सकिन्छ । पाईल्स रोग भएका बिरामीले दिसा सजिलै खुलाउने खालका खानेकूराहरु खाने, दिशा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुराहरु नखाने, माछा मासुहरु कमखाने, पखाला लागिरहनाले, दिसा कव्जियत हुनाले, दिसागर्ने ठाउँको वर परको रौं तानिएर दिसागर्ने ठाउँको भित्र भएका ग्रन्थिहरुमा सङ्क्रमण भएको कारणले यो रोग लाग्दछ । यो सामान्य रुपमा एक व्यक्तिमा एउटा हुने तर कसै–कसैमा धेरै पनि हुने गरेको पाइन्छ । मानीसको दिसागर्ने ठाउँको भित्र ८ वटा ग्रन्थीहरु हुन्छन् जसको सङ्क्रमण एकै पटक भयो भने ८ वटै फिस्टुलाहरु प्निआउन सक्छन् ।
लक्षणहरु ः दिसागर्ने ठाउँको वर पर वान जिकमा खटिरा आउँछ र अत्यन्त दुखाई हुनुको साथै केहि समय पछि त्यो खटिरा पाकेर गन्हाउने पिप बग्न थाल्दछ पिप बगेपछि सन्चो भए जस्तो त हुन्छ तर केहि समय पछि फेरी पाक्ने र दुखाई हुने निरन्तर भइरहन्छ । पछि यो पुरानो भएपछि पुरै भाग सुन्निएर आउँछ । यो रोग लागिसकेपछि अरु रोगहरुसंग अलग गर्न परीक्षण गर्नुपर्ने हुन्छ । यसको लागि सामान्य रुपमा हेरेर तथा प्रोटोस्कोपबाट हेरेर पनि केहि कुरा थाहा पाउन सकिन्छ । यसको उपचारमा कति माथि भित्र पट्टि अर्को प्वाल खुलेको छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । कहिले काहि प्रोटोस्कोपबाट हेर्दै बाहिरको प्वालबाट औषधि पठाउदा पनि भित्रको प्वाल देखिएन भने फिस्टुलो ग्राम गर्नु पर्दछ । कहिले काहीं धेरै फिस्टुला भएको व्यक्तिमाक्षयरोग तथा क्यान्सर छ कि भनेर मासुकाटेर वायोप्सि पनि गर्नुपर्ने हुनसक्छ ।
यो रोग औषधिले निको हुँदैन यसलाई क्षारसूत्र विधिबाट उपचार गर्दा दोहोरिने सम्भावना रहँदैन र अरु जटिलता पनि आउँदैन । यस रोगका लागि सर्वाधिक गरिने अप्रेसन गर्दा ७० देखि ८० प्रतिशत मानिसमा दोहोरिने तथा दिसा रोक्न नसक्ने दिसा खुस्कने समस्या देखिएको पाइन्छ । तर क्षारसूत्रबाट उपचार गर्दा अहिलेसम्म त्यस्ता समस्याहरु देखिएका छैनन् । यदि यो रोगको समयमा उपचार गरिएन भने क्यान्सर भई ज्यान नै जाने खतरा पनि हुन सक्छ ।
फिसर ः सामान्य भाषामा धाँजा फाट्ने वा चिरिने समस्यालाई फिसर भनिन्छ । यदि यो समस्या दिसा गर्ने ठाउँको आसपासमा भएमा यसलाई फिसर इन एनो ९ँष्ककगचभ ष्ल ब्लय० भनिन्छ । त्यसैले दिसागर्ने ठाउँमा बन्ने घाउ जुन बढी पीडादायक हुन्छ त्यसलाइ नै फिसर भनिन्छ । लामो समयसम्म दिसा रोकेर बस्ने अनि एकै पटक साह्रो दिसा गर्नाले यो रोग लाग्दछ । पानीको कमी, खानामा सागपातको कमी, धेरै मात्रामा माछा मासु तथा गेडागुडी सेवन गर्नाले पनि दिसा कब्जियत हुन गई फिसर रोग लाग्दछ । यो रोग लागेपछि दिसागर्ने ठाउँमा घाउ बन्दछ जसबाट रगत बग्ने समस्या हुन्छ र दिसागर्दा अत्याधिक पीडा हुन्छ । भने केहि समय पछि घाउको नजिकबाट सानो मासु पलाउने पनि हुन जान्छ ।
यो रोग लाग्न नदिनका लागि नियमित रुपमा हल्का व्यायाम गर्ने, हरियो सागपात तथा पँहेला फलफूलहरु प्रशस्त मात्रामा खाने तथा प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्दछ । जसले गर्दा दिसा कव्जियत हुन पाउँदैन र रोगबाट बच्न सकिन्छ ।
यदि यो रोगलागिहालेमा नरम खालकाखानेहुराहरु खाने, हरियो सागपात बढी मात्रामाखाने, पानी प्रशस्त मात्रामा पिउने साथै दिसा पातलो गर्ने खालको औषधि पनि आवश्यकता अनुसार सेवन गर्ने, घाउ छिटो निको पार्नको लागि मल्हम लगाउने तथा दुखाई भएमा दिसागर्नु अघि आवश्यकता अनुसार मनतातो पानीमा दिसागर्ने ठाउँ डुबाएर बस्ने । यदि घाउको नजिकमा मासु पलाएको छ भने त्यसलाई क्षारसूत्र विधिबाट हटाउन सकिन्छ ।
अहिले सम्मको तथ्याङ्कलाई हेर्दा ः–
क) पाईल्स ः ६६%
ख) फिस्टुला ११%
ग) फिसर २३% रहेको पाईएको छ । जस मध्ये पाईल्सका नयाँ विरामी ९१% र पहिला अप्रेशन गराइसकेका विरामी ९% छन् भने त्यसैगरी फिस्टुलाका विरामी नयाँ ५८% र पहिला अप्रेशन गराईसकेका विरामी ४२% रहेको पाईएको छ । चिकित्सा परिषदले अप्रत्यक्षरुपमा कस्ता व्यक्तिले क्षार सूत्र गरिरहेका छन र कस्ता ठाउँमा गरिरहेका छन् यसको बारेमा निगरानी गरिरहेको छ र अब चाँडै नै निर्देशिका पनि आउँदैछ र सो निर्देशिका भन्दा बाहिर गएर कामगर्ने गराउने तथा विज्ञापन गर्ने सम्पूर्ण व्यक्ति तथा संघ संस्थाहरुलाई कार्वाहीको दायरामा ल्याउन सकिनेछ ।


Post a Comment

 
Top