0
राजाराम पौडेल÷गोल्डेन
भर्खरै म्युजिक भिडियोतर्फको क्रेज बढ्न थालेको समय । त्यतिबेला आयो कर्णदासकोे दोस्रो सोलो एल्बम पुरानो डुङ्गा । जुनबेला कर्णदासको क्रेज नेपाली साँगीतिक फाँटमा चुलिँदै थियो । एल्बममा रहेको शीर्षक गीतको भिडियो निर्माणका लागि माओत्से गुरुङ्गलाई अभिनय गर्न लगाइयो । माझीको कथामा गुरुङले अभिनय गरे । उनको अभिनयको तारिफ समेत भयो । यो गीतमा अभिनय गर्ने क्रममा उनले माझीहरुको दुःख सुःखको बारेमा बुझ्नै मौका पाए । माझीकै कथामा फिल्म बनाउने सोच उनले बनाए । फिल्मको कन्सेफ्ट तयार पारे । उनको यो कन्सेफ्ट केहि वर्षपछि रामबाबु गुरुङ, दयाहाङ राई, उपेन्द्र सुब्बा, नविन सुब्बालाई मात्र नभएर आफ्ना पोखरेली साथीहरुलाई समेत सुनाए। सबैले राम्रो कन्सेफ्ट भन्दै हौसला दिएपछि यो प्रोजेक्ट अगाडि बढ्दै फिल्म पुरानो डुङ्गाको जन्म भएको हो । जुन फिल्म मंसिर १० गतेबाट देशभरका सिनेमा हलबाट प्रदर्शन हुदैँछ ।  माझी परिवारको कथा बोकेकोे फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान, साजन थापा, पूर्णिमा गुरुङ, धनबहादुर गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । शुरुमा माओत्सेले नै निर्देशन समेत गर्ने सोच बनाएपनि अभिनय र निर्देशन दुवै गर्न गाह्रो हुने भएकोले निर्देशनको जिम्मा रामबाबु गुरुङ्गले पाएका हुन् । सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मस्को संयुक्त व्यानरमा बनेको फिल्ममा शैलेन्द्र कार्कीको छांँयाकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटीको संगीत, माओत्से गुरुङको कथा र उपेन्द्र सुब्बाको पटकथा फिल्ममा छ ।  यसैगरी रौनक विक्रम कँडेल, ओमचन्द रौनियार, धनवहादुर गुरुङले लगानी गरेका छन् । फिल्ममा समावेश निर जैले रिसाउने र पुरानो डुङ्गा गीतको चर्चा बढ्दैछ । २५ दिनमा सकिएको फिल्मको छायाकंन पोखरा आसपासमा भएको थियो । फेवाताल, वेगनास ताल, सुन्दरीडाँडा, तालबेसी, लाली गुराँस टोलका सुन्दर दृश्य फिल्ममा कैद गरिएको छ । तालमा माछा मारेर, डुङ्गा खियायर जीविकोपार्जन गर्ने माझीको कथा हो पुरानो डुङ्गा । जस्को जीवन तालकै पेरीफेरीमा बित्छ । आर्थिक रुपमा विपन्न भएपनि परिवारलाई खुशी राख्नका लागि निरन्तर मेहनत गर्ने । एक करोड सात लाख पुगिसकेको छ । फिल्ममा दयाहाङ राईको दाई बनेका छन् माओत्से । दर्शकको मन जितेर लगानी सजिलै उठाउने निर्माण पक्षको विश्वास छ । शहरको विकृती र दाजुभाई बीचको पारिवारिक विवाद वरिपरि फिल्म केन्द्रित छ । फिल्मले नेपाली मौलीकपना बोकेका दावी माओत्सेलेगर्छन् । सरल विषय वस्तुमा हाँसो र रोदन मिश्रण गरिएकोले दर्शकले आफ्नोपना महशुस गर्नेछन् । निर्माण युनिट फिल्मको प्रचार–प्रसारका लागि देश दौडाहामा दौडिरहेका छन् । हुन त निर्देशक रामबाबु गुरुङले फिल्म कबड्डीमा माओत्सेलाई अभिनय गर्न प्रस्ताव राखे । गुरुङ फिल्ममा राम्रो पकड कायम राखेका माओत्सेले उनको प्रस्ताव अस्वीकार गरे । कारण उनले गुरुङ्ग फिल्ममानै आफ्नो भविष्य देखे । विस्तारै माओत्सेलाई गुरुङ फिल्ममा मात्र अभिनय गर्दा सीमित समाजमा मात्र अल्मलिएको आभाष भयो । आफ्नो क्षमता प्रस्ुतत गर्ने फराकिलो दायरका लागि नेपाली फिल्म खेल्नुपर्ने रहेछ भन्ने महशुस उनलाई भयो ।
 यहि समयमा पुनः अर्को फिल्म कबड्डी–कबड्डीमा खेल्न निर्देशक रामबाबुले माओत्सेलाई प्रस्ताव गरे । कुनै विलम्ब नगरी यो प्रस्ताव भने स्वीकार गरे । कारण गुरुङ फिल्म समुदायमा मात्र सीमित हुँदा नेपाली फिल्ममा अभिनय गर्दा फाइदा हुन्छ भन्ने निर्णयमा उनी पुगिसकेका थिए । फिल्ममार्फत दर्शकको माया र एवार्ड समेत उनले हात पारे ।
 
वि.स. २०६२ मा ‘अचम्मै भो’ फिल्मबाट चलचित्र निर्देशन शुरु गरेका गुरुङले कृपा, तिनागा, नकई फँु, सुराग, जुनी जुनी, नरे लगायतका एक दर्जन गुरुङ फिल्म निर्देशन गरिसकेका छन् । कास्की जिल्लाको हंसपुर गाउँ विकास समिति–७ स्याक्लुङमा बुबा स्व.गंगा बहादुर तथा आमा धनमाया गुरुङको कान्छो सन्तानको रुपमा २०३२ सालमा उनको जन्म भएको थियो । सानैदेखि अभिनयमा रुचि राख्ने उनले गाउँमा हुने विभिन्न कार्यक्रम मार्फत आफ्नो अभिनय कला प्रस्तुत गर्न थाले ।
 
यसैक्रममा २०४७ मा पञ्च भन्ने नाटकमा अभिनय गरे पश्चात सबैतिरबाट प्रशंसा पाए । अनि कलाकारिता क्षेत्रमा अगाडि बढ्न हौसिए । औपचारिक रुपमा २०४९ मा ‘परित्याग’ नाटकबाट यात्रा अगाडि बढाएका यिनले विजय सपना, ममताको अभाव, क्रिया याने नाम सर्वनाम विशेषण लगायत डेढ दर्जन नाटकमा अभिनय गरिसकेका छन् । दीर्घजीवि नाटक समूहमा आवद्ध रहेर नाटक मञ्चन गर्न शुरु गरेका गुरुङको यो क्षेत्रमा लोकप्रियता बढाउन प्रतिबिम्ब नाट्य समूहको साथ उलेख्य रहेको छ । नाटकबाट अगाडि बढेको उनको यात्रा वि.सं.२०५१ सालमा पोखराबाट निर्माण गरिएको चलचित्र ‘काडाँ’ बाट चलचित्रको क्षेत्रमा पनि भयो । पतझड, रि च्हमी, पैतिस दिन, विदेशको माटो स्वदेशको पीडा, ध्रि धीब्रै व्यथा, आङी, अचम्मै भो, कृपा, मलामी, हङकङ आइडी, नकई फुँ लगायतका चलचित्रमा उनको अभिनय देख्न सकिन्छ । टुक्रियको सपना, दलन टेरिसिरियल मार्फत पनि आफ्नो लोकप्रियता बढाईसकेका गुरुङले कर्णदासको पुरानो डुङ्गा र मान्छे नै हो गरीब, ब्रोसिस समूहको यति राम्रो, रामचन्द्र काफ्लेको गोठमा हे¥यो भैंसी छ, लगायतका गितको म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । त्यसो त उनले फिल्मको लागि कथा आफै लेख्छन् । कहाँ बिसाऊ मनको भारी, सै–होर्ने मुस्यो, ङै ङ्हो, अचम्मै भो, कृपा, तिनागा, प्हेूमे, स्याक्लुङ, घ्रि धिब्रै व्यथा चलचित्रमा उनको कथा छ । उनले निर्माण भइरहेको नयाँ फिल्म अग्निदहनमा अभिनय गरेका छन् । उनी गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) का संस्थापक अध्यक्ष समेत हुन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top