0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकबाट एफके फेलोसिपका लागि पठाईएका युवा र कास्कीका विभिन्न संघ संस्थामा आवद्ध क्रियाशिल युवाहरुबीच अनुभव आदान–प्रदान वैठक मंगलबार पोखरामा सम्पन्न भयो । इन्सेक पश्चिमाञ्चल क्षेत्रिय कार्यलयको आयोजनामा भएको वैठकमा एफके एक्सचेञ्ज कार्यक्रममा सहभागि संगीता भाटले करिब १० महिनासम्म सञ्चालित फेलोसिप कार्यक्रममा नेपाल र भारतका बिभिन्न स्थानहरुमा बस्दा देखिएका र भोगेका मानव अधिकारसंग सम्बन्धित विषय वस्तुका अनुभवहरु साटेकी थिईन् ।  इन्सेक र मानव अधिकारका क्षेत्रमा भारतको वनारसमा क्रियाशिल संस्था मानव अधिकार जननिगरानी संस्थाबीच एफके का प्रतिनिधि सहभागि भएका थिए । जसअन्र्तगत नेपालबाट स्याङ्जाकी संगीता भाट र मकवानपुरका निर्मल पौडलले सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता भाटले मानव अधिकार र युवा अधिकारका सवालमा तुलनात्मक रुपमा भारतमा कमजोर रहेको बताईन् । नेपाली युवाहरु राजनितीक बिभाजनका कारण अझै अगाडि बढ्न नसकेको अबस्था रहेको बताउँदै उनले भनिन् आफुले दश महिनाको अवधिमा भाषा र संस्कृतिका साथै शिक्षा र मानव अधिकारमा समेत थुप्रै भिन्नता भेटेको बताईन् । उनले भारतको बनारसमा रहँदा आफूहरुले अशिक्षा, बाल बिबाह लगायत बिभिन्न समस्याहरुलाई नियाल्दै त्यसको परिर्वतनका लागि गरिएका पहल प्राप्त उपलब्धीहरु प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका प्रशासन विभाग प्रमुख प्रेम पराजुलीले इन्सेक स्थापनाकाल देखि मानव अधिकारका क्षेत्रमा क्रियाशिल भएको बताउँदै विगतका तुलनामा हाल मानव अधिकारको अवस्था फराकिलो बन्दै गएको बताए । देश परिवर्तनमा युवाहरुको महत्वपूर्ण भुमिका रहने बताउँदै पराजुलीले आगामी दिनमा इन्सेकले युवा लक्षित कार्यक्रममा जोड दिने बताए । कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेलले ईन्सेकले आगामी दिनमा युवा लक्षित कार्यक्रम संचालन गर्ने बताएका थिए । कार्यक्रममा को–क्याप पश्चिमाञ्चल कार्यक्रम संयोजक सरिता पुरी, डब्लु.ए.ओका अध्यक्ष सूर्य तिमिलसिना र युवा संजाल कास्कीका लक्ष्मण आचार्यले श्रव्य दृश्य प्रस्तुतिबाट आफूहरुले मानव अधिकारको क्षेत्रमा ईन्सेकले गरेका सकारात्मक पहलका बारेमा जानकारी पाएको अनुभव राख्दै आगामी दिनमा युवाको सहकार्यमा मानव अधिकार र युवा अधिकारका सवालमा इन्सेकले आफुहरुसंगै सहकार्य गर्दै अगाडि बढ्ने आशा व्यक्त गरे ।






Post a Comment

 
Top