0
गोल्डेन न्यूज संवाददाता
नेत्रविक्रम भन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओबादीले गरेको बन्दका कारण आइतबार पोखरा सहित देशभरको जनजीवन प्रभावित भएको छ । बन्दको कारण लामो तथा छोटो दुरीमा सवारी साधन चल्न सकेनन् भने बजार, पसल, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प रहे । लामो तथा छोटो दुरीका सवारी नचल्दा सर्वसाधारण मर्कामा परेका थिए। महंगी, भ्रष्टाचार र खाद्य सम्प्रभुताको विषय उठान गर्दै गरिएको बन्दले पोखरा नगर क्षेत्रमा निकै कम मात्रामा सवारी साधन चलेका थिए । सडकमा फ्याटफ्ट्ट सवारी मात्रै चलेका थिए। बन्दकर्ताको उपस्थिति नदेखिएपनि नगर क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विहान ५ बजेदेखि सुरु भएको बन्द साझ ५ बजेपछि खेलेको थियो । बन्दको बेला प्रेस, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीलाई भने सञ्चालन हुन दिइएको थियो । पोखरामा जारी तरुणदलको महाधिवेशनलाई लक्षित गरी प्रतिनिधि आवत–जावतका लागि पनि कुनै अवरोध गरिएको थिए ।  वन्दको क्रममा प्रहरीले वन्दकर्ता १२ जनालाई नियन्त्रणमा लिएको छ । माआवादी जिल्ला सचिवालय सदस्य गोकुल पराजुली, मजदुर नेता अमृत सापकोटा सहितका १२ जना नेता कर्ताकर्तालाई प्रहरीले पोखराका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको नेकपा माओवादी गण्डक व्युरो ईन्चार्ज सावित्री दुराले बताईन । रमेश श्रेष्ठ, प्राप्ती विक, अमृत सापकोटा, सुरज तमु, लोकेन्द्र राई, सुमन सुनार, केशव परियार, विक्की विक, सोमबहादुर विक, कुमार गुरुङ र सुकबहादुर तामाङलाइ प्रहरीले नियन्त्रणमा लिएको दुराले बताईन । उनीहरुलाई अविलम्व नछाडे थप आन्दोलन गर्ने उनले चेतावनी दिएकी छन । यसैक्रममा पोखरादेखि काठमाडौंका लागि पर्यटक वस १५ र पोखरादेखि चितवनका लागि ३ गरी १८ वटा पर्यटक बसहरु स्कटिङ गरी कास्कीबाट पठाईएको प्रहरीले जनाएको छ ।
 
यसैबीच विप्लव नेतृत्वको नेकपा माओबादीले गरेको बन्दको बिरुद्ध पोखरेली युवा सडकमा उत्रिएका छन् । एलजी एसोसिएसन, विवेकशिल नेपाली, तथा एमआरआर नामक फेसवुक नेटवर्क मार्फत संगठित भएका युवाका संस्थाको संयुक्त आयोजनामा पोखरामा बन्दको बिरुद्ध प्रदर्शन गरिएको हो । बन्दको विरुद्धमा पोखराको चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट सुरु भएको मोटरसाईकल ¥याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्बीचोकमा पुगेर टुङ्गिएको थियो । ¥यालीमा सहभागीले बन्द सधैंका लागि बन्द गरौ, राजनीतिक स्वार्थ पूर्तिको लागि गरिने बन्द मान्दैनौ लगायतका प्लेकार्ड तथा ब्यानार वोकेका थिए । उनीहरुले केहिवेर पृथ्बीचोकमा नारावाजी समेत गरेका थिए । विभिन्न वाहनामा हुने नेपाल बन्दले देशलाई ठूलो आर्थिक नोक्सानी हुने र युवा शक्ति पलायन हुने भएकाले बन्दको विकल्प खोज्न उनीहरुले आग्रह गरेका छन्। कुनैपनि राजनीतिक पार्टी तथा संगठनको नाममा हुने बन्दको बिरुद्धमा उत्रने समेत उनीहरुले बताएका छन् ।




Post a Comment

 
Top