0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ९ मा रहेको शान्ति वनवाटिका टोल विकास संस्थाको पाचौं साधारणसभा तथा स्मारिका विमोचन कार्यक्रम आईतवार सम्पन्न भयो। पाचौं साधारणसभालाई स्मारिका लोकार्पण गरि उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका वरिष्ठ ईन्जिनियर शारदामोहन काप्mलेले  विकृति विसंगतिरहित समाज निर्माण गर्न टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहेने बताए । उनले शान्तिवन बाटिकाको बाटो निर्माण गर्नका लागि पोखरा उप–महानगरपालिमा  सहयोगका लागि पहल गर्ने  बताए। कार्यक्रममा पोखरा वडा नम्वर ९ का सचिव लोेकदर्शन कोईराला, पूर्व क्यम्पस प्रमुख गणेशवहादुर गुरुङ्ग, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोसी, सामुदायिक सेवा जिल्ला समन्वय समितिका उपाध्यक्ष सोमनाथ बाँस्तोला, वडा नागरिक मञ्चका संस्थापक संयोजक लेखुराम खती, नेकपा एमाले पोखरा ९ का सचिव प्रेम गुरुङ्ग, वुद्धिजीवी दामोदर शर्मा, संस्थाका सल्लाहकार दुर्गादेवी पहारी, दिपक पहारी, प्रकाश पहारी, शुभकामना टोल विकास संस्थाका अध्यक्ष ननबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय वाणिज्य संघ कृषि उपज वजार ईकाइका अध्यक्ष कृष्ण प्रसाद शाह, शान्तिघाट आमा समूहका अध्यक्ष निरु रानाभाट, शान्तिवन टोल विकास संस्थाका अध्यक्ष रामबहादुर विक, सेती नदी मजदुर समूहका अध्यक्ष मनमाया गुरुङ्ग, पोखरा बल मञ्चका अध्यक्ष सुदर्शन पौडेल, युवा संघ नेपाल पोखरा–९, कृषि उपज बजार  ईकाईका अध्यक्ष राजेन्द्र खत्री लगायतले बोलेका थिए ।  कार्यक्रममा ज्येष्ठ नागरिक वालकुमारी पराजुली, खुमाकुमारी पहारी, नारायणदत्त सुवेदी, सुकुमाया नेपाली, कृष्ण माया पहारी, संमृद्ध मार्ग निर्माण योगदान दिने आशा गुरुङ्गलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका कोषाध्यक्ष सरस्वती श्रेष्ठले आर्थिक प्रतिवेदन, सचिव प्रकाश शर्माले प्रगति प्रतिवेदन पेश गरेका थिए। संस्थाका अध्यक्ष बलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समेत सचिव प्रकाश शर्माले गरेका थिए।

Post a Comment

 
Top