0
राजेश विद्रोही
संसारको नजरमा अमेरिका शक्तिशाली मुलुकका रूपमा स्थापित छ । त्यहाँ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुने राष्ट्रपतीय शासन प्रणालीको छ । देश र जनताका लागि असल काम गर्ने राजनीतिक दलले मात्र राज्यसत्तामा पुग्ने अवसर पाउँछन् । निर्धक्कसाथ आफ्नो कार्यकालभरी काम गर्ने मौका पनि पाउँछन् । असल काम गरे जनताले फेरि मूल्याङ्कन गर्छन् र पुनः जनताले आफ्नो अमूल्य मत दिन्छन् । विजय गराउँछन् पनि । असल काम नगरे अर्को पटक जनताबाट सताच्यूत हुन्छन् । अनि नयाँ राजनीतिक दललाई अवसर दिन्छन् । यसमा राजनीतिक दलका नेता कार्यकर्ताले जनतासँग बेइमानी गर्न पाउँदैनन् । संसारका धेरै मुलुकमा यस्तो व्यवस्था कायम छ । कतिपय देशमा यो व्यवस्था भए पनि नाम मात्रमा सीमित छन् । पुरातन हिसाबले त्यहाँका शासक वर्गले निमुखा जनतालाई दबाएर जबर्जस्ती अधिनायकत्व लादेका छन् । हाम्रो मुलुकमा त महिनै र वर्षै्पिच्छे सतारसरकार बनाउने र गिराउने खेल भइरहेको छ । यो रवैया र प्रवृत्तिले मुलुक बन्छ ? आज संसारका यति ठूला शक्तिशाली मुलुक अमेरिका यसपटकको आफ्नो कार्यकारी राष्ट्रपतिको निर्वाचनमा त्यहाँका मिडिया र राजनीतिक दलको अनुमान र विश्लेषण किन असफल भयो ? अप्रत्यासित हार र जितको परिणाम हिलारी क्लिनटन र रोनाल्ड ट्रम्प भयो । जुन परिणाम कसैले पनि चिताएका थिएन् । रोनाल्ड जिते र सम्भावित हिलारी हारे । यसले के प्रमाणित गर्छ भन्ने जनता साचिकै महान् र सर्वोपरी हुन्छन् । जनता धेरै ठूलो अप्रत्यासित शक्ति हुन् । जनताको त्यो गौन र मौन अप्रत्यासित मत र समर्थनलाई कसैले नापतौल गर्न सक्दैन । जसले देश र जनताको कामलाई आफ्नो कर्म र निजी स्वार्थभन्दा माथि र प्राणभन्दा प्यारो ठान्छन् जनता त्यसैको पक्षमा हुन्छन् । आफ्नो अमूल्य मत दिन्छन् । यो सत्य, निष्पक्ष र न्यायोचित बहुदलीय प्रतिस्पर्धी राजनीतिक व्यवस्था हुन् । जहाँ जनता नै सर्वोपरि हुन्छन् । जनतासँग सीधै यो व्यवस्था जोडिएको हुन्छ । कसैको वाहियात अनुमानको भरमा सोचेजस्तो सरल र सहज हुँदैन जनताको मत । यस मामिलामा जनता स्वयं विज्ञ छन्। जनताभन्दा माथि कोही छैनन् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुने राज्यको शासन व्यवस्था नै वैज्ञानिक र व्यावहारिक विधिको असल शासन व्यवस्था हो । नेपालमा अहिले यो व्यवस्थासम्बन्धी बहस निकै चर्केको छ । प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेर राजनीतिक दलले मुलुकमा राजनीतिक संकट पैदाग गरेका छन् । अस्थिर राजनीतिक व्यवस्थाले विकासमा अवरोध र राजनीतिक भ्रष्टाचार बढाएको छ । यहाँ राजनीतिक दल र व्यक्तिको निजी स्वार्थ र एक वर्षमै कार्यकारी प्रमुख फेर्ने कार्य हुँदै आएको छ । राजनीतिक दलबाटै ह्विप जारी गरेर संसदीय स्वतन्त्रता माथि अंकुश लगाइँदै आएको छ । यसले राजनीतिक दल निष्पक्ष र इमानदार हुन सकेका छैनन् । अतः मुलुकमा संसदीय राजनीतिक व्यवस्थाको सट्टामा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने खाँचो छ । संसदीय व्यवस्थामा बहुमतको निर्णयअनुसार प्रधानमन्त्री बन्ने र बनाउने विधि हामीले धेरै पहिलाबाट प्रयोग गरिसकेका छौं। यसले अस्थिरता ल्याएकाले यो व्यवस्था असफल र अवैज्ञानिक छ । प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था भएमा मुलुकमा सामन्ती, दलाली र व्यापारिक राजनीतिको अन्त्य हुनेछ । साथै सबै राजनीतिक दल र तिनका नेता कार्यकर्तालाई इमानदार बन्नेतिर प्रेरित हुनेछन् । यसले मुलुकको राजनीतिमा देखिएका विभेदको अन्त्य हुन सक्थ्यो । विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले पनि राज्यसत्तामा समान अवसर पाउसक्छन् । यसले राज्य विखण्डनबाट पनि जोगिनेछ । सीमित शासकहरूको पञ्जाबाट राज्यसत्ता स्वाधीन र सार्वभौम हुनेछ ।


Post a Comment

 
Top