0
कृष्णदासी महाराज सिद्धबाबा आज पोखरामा आउने भएका छन् । पोखरेलीहरु साधकको विशेष अनुरोधमा उनी शुक्रबार पोखरा आउन लागेका हुन् । जगत्गुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा र नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नदीपुर, पोखराको संयुक्त आयोजनामा हुन लागेको हरिबोधनी एकादशी विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनका अनुवाई भोला बरालले जानकारी दिए । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका पीठाधीशसमेत रहेका उनले शनिबार पोखरेली साधकलाई विशेष साधना र आर्शिवचनसहित भण्डारा (भोजन) गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । प्रत्येक शनिबार महायोग साधनापछि हुने भण्डारा यस पटक महायोगी सिद्धबाबाको हातबाट वितरण गरिने बताईएको छ । सिद्धबाबा पोखराकै नरनारायण बाबा आश्रम रामघाटमा नौ दिनसम्म भूसमाधि सम्पन्न गरेपछि पोखरामा उनका अनुवाईहरु निकै हर्षित भएका थिए । पोखराको सो समाधी पछि सिद्धबाबाले हालै भारतको काशीमा पनि १५ दिने समाधी सम्पन्न गरि सकेका छन् । समाधी सम्पन्न गरेपछि भक्तहरुलाई आशिर वचन दिनका लागि पनि पछिल्लो समय उनी पोखरा आउँदै छन् । आयुर्वेद विज्ञानका विज्ञसमेत रहेका सिद्धबाबासँग पोख्रेलीहरुले विभिन्न किसिमको स्वास्थ्य सेवा र सल्लाह लिन सकिने बरालले जानकारी दिए ।




Post a Comment

 
Top