0
गोल्डेन न्यूज संवाददाता
सरकारले मजदुरहरुको अधिकारलाई कटौती गर्ने गरी नो वर्क नो पे र हायर एण्ड फायरको नीतिलाई नसच्चाएमा नेपाल टेड्र युनियन काँगे्रसले देशभरी नै आन्दोलन गर्ने भएको छ । नेपाल टेड्र युनियन प्रदेश नं. ४ द्धारा पोखरामा आज आयोजना गरिएको श्रमिकका समसामायिक सवाल र सामाजिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय गोष्ठीमा बोल्ने मजदुरहरुले सो कुरामा जोड दिएका हुन् । संसद्मा प्रस्तुत गरिएको सो विधयक श्रम ऐन र सामाजिक सुरक्षा र मजदुर विरोधी रहेकोले तत्काल सच्चाउन सरकारलाई आग्रह गरिएको छ । उद्योगपति र व्यवसायीलाई संरक्षण गर्ने गरी ल्याइएको सो विधयक अन्तर्राष्ट्रिय श्रम संगठन आइ.एल.ओ. को महासन्धी विरुद्ध रहेको समेत उल्लेख गरिएको छ । सो गोष्ठीको उद्घाटन गर्दै नेपाली काँगे्रस कास्कीका सभापति कृष्ण के.सी. ले राज्य पुनर संरचनाको जटिल स्थिति रहेको बेला काँग्रेस निकट भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे । उनले नेपाली काँगे्रसले मजदुरलाई सम्मानित हुने नीति ल्याउनु पर्ने बताउँदै मजदुर र उद्योग व्यवसायको बीचमा सेतुको काम गर्नु पर्ने उल्लेख गर्नु भयो । सभापति के.सी. ले मुलुकको आर्थिक विकासका लागि पनि उद्योग धन्दाको विकास र श्रमिकहरुको संरक्षण हुनु पर्नेमा जोड दिए । कार्यक्रममा टेड्र युनियनका उपाध्यष ललित श्रेष्ठ, नेपाल प्रेश युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, टेड्र युनियनका सदस्य ईश्वर परियार, काँग्रेस कास्की सदस्य नविन सिग्देल, प्रदेश नं. ४ का अध्यक्ष हुमहरि शर्मा लगायत विभिन्न जिल्ला जिल्लाका टेड्र युनियनका अध्यक्ष एवम् टेड्र युनियन नेताहरुले युनियनको बारेमा बोलेका थिए ।






Post a Comment

 
Top