0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगर पालिका वडा नं १९ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीमा यस वर्ष पनि बालाचर्तुदशी पर्वका अवसरमा सद्वीज छरिएको छ । स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा छिमेकी बाटुलेचोर, लामाचौर,  अर्मला, पुरञ्चौर, सार्दीखोला, हेम्जा, कुरेचौर, हरिपाउ,  र पोखराका विभिन्न क्षेत्रबाट पुगेका भक्तालुहरुले आफ्ना पितृको सम्झना गरी मन्दिर परिसरमा सद्वीज छरेका थिए । शतविज छर्न भक्तालुहरु मन्दिर परिसरमा पु्गेका थिए । यसअघि स्थानिय गोपाल पौडेलको घरबाट फूलको डोली निकाली मन्दिर परिसरमा परिक्रमा गराइएको समितिका नन्दराज दाहालले जानकारी दिए। डोलीलाई स्थानीय भजन मण्डल, आमा समूह तथा कर्ता, मन्दिरका अध्यक्षे टिकाराम पौडेल लगायतका टोलिले मन्दिर परिसरसम्म व्यवस्थापन गरेका थिए ।  सहभागी भक्तजनहरुले आफ्ना पित्तृहरुको सम्झना गर्दै मन्दिरलाई आर्थिक सहयोग समेत गरेका थिए । भजन किर्तन र बाजागाजा सहित आयोजना गरिएको कार्यक्रममा साँझसम्म पनि मन्दिरमा पूजा गर्ने र सदविज छर्न भक्तालुहरुको घुईँचो लागेको थियो । स्थानीय भजन मण्डलीले दिनभर जसो भजन किर्तन गरेका थिए । घार्मिमा पछिल्ला दिनमा दृश्य अवलोकनका लागी स्वदेशि तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन ।बाला चर्तुदशि पर्व र सिवरात्रीमा त्यस क्षेत्रमा धार्मिक मेलानै लाग्ने गरेको छ ।



Post a Comment

 
Top