0
गोल्डेन न्यूज संवाददाता
विगत १७ वर्षदेखि निरन्तर आयोजना हँुदै आएको पोखरा सडक महोत्सवको १८आंै संस्करण आउदो पुस दोस्रो सातादेखि हुने भएको छ । अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै आयोजना हुने १८औं पोखरा सडक महोत्सव पुष १३ देखि १७ गते सम्म आयोजना गर्ने तयारी गरिएको रेष्टुरेन्ट एन्ड बार एशोसियसन नेपाल (रेवान)ले पोखरामा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाको जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य सहित पोखराको लेकसाईडमा पाँचदिने सडक महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले बताए । नयाँ वर्ष मनाउन अन्यत्र जाने हुदाँ पोखरा पर्यटनको केन्द्र भएपनि त्यति चहलपहल हुने भएकाले महोत्सवमार्फत पर्यटकलाई आकर्षण गर्न अग्रेजी नयाँ वर्षमा महोत्सव संचालन गर्दै आएको महोत्सव संयोजक भट्टराईले बताए । नेपालको पर्यटन क्षेत्रमा यो मौसमलाई अफसिजनको रुपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महोत्सव आयोजना विगत १७ वर्षदेखि सुरु गरिएको हो । यस मौसममा टेकिङ, ¥याफटिङ, माउन्टेनिङ्ग जस्ता कार्यहरु अनुकुल नहुने र पर्यटकको संख्या न्यून हुने भएकाले महोत्सव संचालन गरिएको भटराईले बताए । पोखराको फिस्टेल गेट, लेकसाईडको अम्मट, गौरीघाट, बाराहीचोक, खहरेदेखि डिहिकोपाटनको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन हुने रेवानले जनाएको छ । सडकमै खाऔं, सकडमै नाचांै, सडकमै रमाऔ भन्ने नारा सहित सास्कृतिक तथा खेलकुद कार्यक्रम संचालन भट्टराईले बताए । महोत्सवमा ९० लाख आम्दानी र १५ लाख बचत हुने अपेक्षा गरिएको रेवानले जनाएको छ । पोखरामा अवस्थित रेष्टुरेन्टहरुको खानाको गुणस्तर वृद्धि गराउने र स्टलहरुमा बढि मूल्य लिएको पाइएमा कार्बाही गर्ने आयोजकले दावी गरेको छ । पत्रकार सम्मेलन रेवानका अध्यक्ष चौबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने संचालन महासचिव विश्वराज पौडेलले गरेका थिए ।

Post a Comment

 
Top