0
गोल्डेन न्यूज संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा मंगलबार मकाउलाई १–० ले हराएर मलेसियाको कुचिङमा भएको एएफसी सोलडारिटी कपको उपाधि जितेको छ । यो संगै नेपाली राष्ट्रिय फुटबल टोलीका सम्हाल्न पुगेका मुख्य प्रशिक्षक जापानी ग्यातुको कोजीले ९ महिनामै महादेशीय फुटबलको उपाधि दिलाएका छन् । कोजीकै मुख्य प्रशिक्षणमा नेपालले पहिलो पटक एसियाली फुटबल महासंघले आयोजना गरेको औपचारिक प्रतियोगिताको उपाधि चुम्यो । नेपालले एसियालीस्तरको कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । विश्वकप २०१८ एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एएफसीले आयोजना गरेको सोलिडारिटी कप नेपाली फुटबल टोलीले ११ महिनायता लगातार जितेको तेस्रो उपाधि हो । विश्वकप २०१८ र एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजित सोलिडारिटी कप नेपाली टिमले ११ महिनायता जितेको लगातार तेस्रो उपाधि हो । जनवरी, २०१६ मा राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने नेपालको यू–२३ ले फेब्रुअरीमा गुवहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक हात पारेको थियो । सरावक स्टेडियममा सुजल श्रेष्ठले २९ औं मिनेटमा गोल गरे । पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका मिहिनेत साथ भरत खवासले क्रस गरेको बललाई उनले हेडद्वारा पोष्टको दिशा दिएका थिए । खेलमा अधिकांश समय नेपालले बल नियन्त्रणमा राख्यो । सनरन्तर आक्रमण पनि ग¥यो । तर, थप गोल भने गर्न सकेन । भरत खवासले १४ औं मिनेटमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल नजिकबाट बाहिरिएको थियो । अन्जन विष्टले २८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रुपमा प्रहार गरेको बललाई मकाउका गोलपिकरले बाहिर फाले । पहिलो हाफको इन्ज्युरी टाइममा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । विक्रम लामाले ‘सिक्स यार्ड बक्स’बाट हेडद्वारा प्रहार गरेको बल पोष्टबमाथिबाट बाहिरिएको थियो । यसैबीच सरकारले एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ । मंगलबार साँझ नै प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई टेलिफोन गरेर खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गर्न भनेका छन् । स्वकीय सचिव मनहरि तिमल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३ लाख दिन भनेका छन् । जवाफमा खेलकुद मन्त्री श्रीपाइलीले च्याम्पियन टोलीका सदस्यहरुलाई जनही ३ लाख पुरस्कार दिने व्यवस्था गरिने बताएका छन् ।


Post a Comment

 
Top