0
गोल्डेन न्यूज संवाददाता
पोखरा–२४ कृष्तिमा रहेको ओम कैलास शिवढुङ्गा शिवशक्ति महापिठधाम आगामी ५ वर्ष भित्र नमूना पर्यटकीय स्थल बन्ने एक कार्यक्रममा बताईएको छ । राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा संरक्षित महापीठधामको प्रचार–प्रसार एवं विकासका लागि हुन लागेको महायज्ञको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको थियो । पोखराबाट नजिक रहेरपनि धार्मिक एवं पर्यटन विकासमा पछाडि परेको भन्दै मंसिर ४ गतेदेखि १३ गतेसम्म धन धान्याञ्चल महायज्ञको आयोजना गरिएको जानकारी दिइयो । ऐतिहाँसिक शिवढुङ्गाको प्रचार प्रसारमा कमजोर भएको भन्दै महायज्ञ मूल आयोजक समितिले पन्च वर्षिय योजनाका साथ सवैलाई साथ लिँदै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने बताएका छन् । मूल आयोजक समितिका अध्यक्ष पूर्णबहादुर थापाको अध्यक्षता र ओम् कैलाश शिवढुङ्गा शिवशक्ति महापीठधामका महासचिव विष्णुप्रसाद पौडेलको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा काठमाडौं निवासी के.वी सम्राट र पोखरा निवासी कमला घलेको आर्थिक सहयोगमा उक्त स्थानलाई अगाडि बढाउने योजना रहेको बताईएको थियो । करिव ३५ लाख खर्च भईसकेको धाममा १ करोड ५० लाखको गुरु योजना खर्च गरिने जानकारी दिईएको थियो । १०८ शिवलिङ्ग, १०८ शिला धारा र मुख्य मन्दिर निर्माण गरी क्षेत्रको विकासमा टेवा दिने लक्ष्य रहेको छ । भागवत भाष्कर कमलनयन गौतमको संगीतमय वाचन हुने महायज्ञमा भक्तजनको उल्लेख्य सहभागिता रहने आयोजकले दावी गरेको छ ।  आर्थिक संकलन मुख्य लक्ष्य नभएको महायज्ञबाट कैलाश शिवढुङ्गा शिवशक्ति माहापीठको प्रचारले हिन्दु धर्मावलम्वीलाई आफ्नो सस्कृतिको पूर्ण जानकारी हुने विश्वास लिईएको छ। धनधान्याञ्चल महायज्ञले कृष्ति क्षेत्रमा रहेका नागरिकबीच मेल र विकासको चेतना बृद्धि हुने मूल आयोजक समितिका महासचिव विष्णुप्रसाद पौडेलले सोमवार आयोजित पत्रकार सम्मेलनमा जनाए । पत्रकार सम्मेलनमा आर्थिक सहयोगदाता केवी सम्राटले आफूले गरेको सहयोगले भविष्यमा सो क्षेत्रको पूर्ण विकास र भाईचाराको सम्वन्ध स्थापित हुने बताए ।

Post a Comment

 
Top