0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस वडा इकाई समिति पोखरा–१५ ले वडाभित्र इलाका नं. ३ गठन गरेको छ। पोखरा–१५ भित्र ६ वटा इलाका गठन गर्ने निर्णय अनुसार पहिलो पटक सो इलाका गठन गरिएको हो। वडाभित्र पार्टीलाई शशक्त बनाउनका लागि इलाका गठन गर्न थालिएको इकाई सभापति टोपबहादुर थापाले जानकारी दिए। भेलाले नितलाल अधिकारीको अध्यक्षतामा इलाका गठन गरेको छ। जसको उपाध्यक्षमा केमबहादुर गुरुङ, सचिवमा भोलाकुमार श्रेष्ठ, कोषाध्यक्षमा शान्तिदेवी पन्त हमाल, सहसचिवमा केदार पोखरेल र सदस्यमा अम्बिका ढकाल, मोतिलाल रेग्मी, धनकुमारी थापा, सफी खान, क्या.लक्ष्मण गुरुङ, देवु कार्की, खडानन्द लामिछाने, लिला आचार्य, भाजवीर वि.क छन्। भेलाको उद्घाटन गर्दै सांसद शारदा पौडेलले संविधान कार्यान्वयन पहिलो आवश्यकता भएको औल्याईन्। उनले कांग्रेस बिना अन्य पार्टीले मुलुकलाई निकास र विकास दिन नसक्ने दावी गरिन्। नेपाली कांग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बाँस्तोला ‘मधु’ले सबै मिलेर पार्टीलाई मजबुद बनाउनुपर्नेमा जोड दिए। महाधिवेशन प्रतिनिधि ऋषि काफ्लेले कांग्रेसको तुलना कुनै पार्टीसँग पनि हुन नसक्ने जिकिर गरे। कार्यक्रममा प्रजातन्त्र सेनानी तारा ‘पाखे’, नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य मिनबहादुर गिरी, नवीन सिग्देल, क्षेत्र नं २ का सचिव वर्षाकेशव पराजुली, कोषाध्यक्ष महेन्द्र अधिकारी, नेपाल आदिवासी जनजाति संघ पर्वतका अध्यक्ष भिमबहादुर गुरुङ, वीपी चिन्तन प्रतिष्ठान पोखरा–१५ का सभापति डम्बरबहादुर बाँनिया, नयाँ गाउँ क्लबका अध्यक्ष सुनिल गुरुङ, सक्रिय कार्यकर्ताहरु सामबहादुर गुरुङ, विष्णु आचार्य, ईश्वरबहादुर आले, कृष्णबहादुर विक, गणेश बराईली, लक्ष्मण गुरुङ, शान्तीदेवी पन्त, केशबहादुर गुरुङले बोलेका थिए। नेपाली कांग्रेस वडा इकाई समिति पोखरा–१५ का कोषाध्यक्ष शंकमान सदाशंकरको अध्यक्षतामा भएको कार्यक्रममा इकाई सभापति टोपबहादुर थापाले स्वागत र सदस्य राजेन्द्र गिरीले सञ्चालन गरेका थिए।



Post a Comment

 
Top