0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा  विभिन्न वस्तुगत संघ र व्यवसायीहरु बीच पांँचौं राष्ट्रिय कर दिवस २०७३ का अवसरमा करदाता शिक्षा तथा अन्तत्र्रिmया कार्यक्रम आयोजना भयो । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्र वहादुर प्रजु र संचालन संघका महासचिव दामु अधिकारीले गरेका थिए ।   कार्यक्रममा सहभागीलाई गर्दै संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्र वहादुर प्रजुले पोखरामा लगभग ४३ हजार व्यवसायी रहेको र १५ हजार जति मात्र करको दायरामा आएको हुंदा अन्य व्यवसायीहरुलाई पनि करको दायरामा ल्याउन कर कार्यालयका साथै अन्य सम्वन्धित निकायको विशेष कार्यान्वयन भएमा मात्र सम्भव रहेको बताए ।   कार्यक्रममा प्रमुख कर अधिकृत लेखनाथ शर्माले पोखरा उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिंदै राजस्व नीति निर्माण, करको दायरा र राजस्व संकलन लाई कार्यान्वयनमा ल्याउन पोखरा उद्योग वाणिज्य संघ जस्तै अन्य सम्वन्धित निकायको सहकार्य समन्वयमा मात्र कर कार्यालयले उत्कृष्ट काम गरेर देखाउन सक्ने बताए । प्यानलाई एउटा राष्ट्रिय अभियानका रुपमा लैजान र सरकारलाई कर तिरी गौरव र शान्तिको अनुभूति गर्नका लागि आवश्यक  कार्यक्रमहरुको आयोजना गर्न आन्तरिक राजश्व कार्यालय तयार रहेको उनले बताए ।  उनले घरभाडा कर, व्यवसाय दर्तामा देखिएको समस्या तथा घुमन्ते व्यवसायीहरु करको दायरामा नआउने समस्याको समाधान अहिलेको आवश्यक भएको औंल्याए । आन्तरिक राजस्व कार्यालयका कर अधिकृत हिमबहादुर बस्नेतले करको परिभाषा, करका किसिम जस्ता कर सम्वन्धी सम्पूर्ण बुंदाहरु समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । कर अधिकृत हिमबहादुर वस्नेतले अस्थायी प्यान लिंदा, घर भाडामा वस्दा भाडामा लिने व्यक्तिले नै घर भाडा कर तिर्नुपर्ने, वस्तुको मूल्य मापन लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा समस्याका साथै खरिद गर्ने सामानको पुरा विल माग्दा नपाइने हुंँदा केन्द्रीय लेवलका व्यवसायीहरुसंग पनि अन्तत्र्रिmया गर्नुपर्ने जस्ता सुझावहरुका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा कर सम्बन्धी विभिन्न समस्या तथा सुझावहरु राख्ने क्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पे्रमबहादुर भुजेल र डि.वि. भुजेलका साथै अन्य वस्तुगत संघका प्रतिनिधि कृष्णराज पोखरेल, चिन्तामणि बांँस्तोला, भुपेन्द्र गिरी, यमप्रसाद पौडेल, भरतराज पराजुली, युवराज बस्नेतले कर प्रशासन व्यवसायी मैत्री हुनुपर्ने, करको दरभन्दा दायरा बढाउनु पर्नेमा जोड दिएका थिए ।
यसैगरी “गौरबका साथ तिरौ कर संबृद्ध राष्ट्र हाम्रो रहर” भन्ने मूल नाराका साथ पाचौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०७३ को अवसर पारेर करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमवार लेखनाथका उद्योग वाणिज्य संघमा सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय पोखराको संयुक्त आयोजनामा भएको कर शिक्षा कार्यक्रममा पेशा व्यवसाय दर्ता, कर प्रणालीका बारेमा जानकारी दिईएको थियो।
 
आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत लेखनाथ शर्माले हामीले तिरेको कर हाम्रै राष्ट्र निर्माणका लागि खर्च हुने हुँदा सवैले कर तिरी सभ्य नागरिक बन्नका लागि आग्रह गर्दैं कर कार्यालय व्यवसायिक मैत्री भएर अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र पूर्व अध्यक्ष सुमन भट्टराईले सवै ब्यवसायीहरुमा कर तिरेर सच्चा नागरिक बन्ने सोचको विकास भइरहेको बताएका थिए  ।  लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा कर अधिकृत सुनिलराज देवकोटा, केशरबहादुर थापा र नायव सुब्वा जोतेन्द्र पौडेलले सहजीकरण गर्नका साथै व्यवसायीका जिज्ञासा समाधान गरेका थिए। संघका महासचिव छत्रधर आत्रयले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले गरेका थिए । यसैबीच गत आर्थिक वर्षमा कर प्रशाासन, कर सचेतना, सहभागिता तथा संकलनको अभियानमा संस्थागत तर्फबाट लेखनाथ उद्योग वाणिज्य संघले पु¥याएको योगदानको कदर गर्दै मंगलवार एक कार्यक्रमका बीच आन्तरिक राजश्व कार्यालय पोखराले सम्मान गर्ने कार्यक्रम रहेको छ।




Post a Comment

 
Top