0
गोल्डेन न्यूज संवाददाता
पोखरा  नगरक्षेत्रमा खानेपानी उपभोगका लागि स्रोतको नभर्ई िवतरणको समस्या रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पोखराको छोरेपाटनमा रहेको पुरानो भयँरथान टोल खानेपानी उपभोक्ता समितिले आफनो टोलमा खानेपानी पाईप विस्तार सम्पन्न भएको उपलक्ष्यमा आयोजित स्वागत कार्यक्रममा बोल्ने बक्ताहरुले तयस्तो बताएका हुन् । व्यवस्थापिका संसदका सांसद वृन्दा रानाले पोखरामा खानेपानीका मुहानको अभाव नभई स्टोर गर्ने ठाउँ र वितरण गर्ने साधन श्रोतको अभाव रहेको बताए ।  उनले पोखराको खानेपानी समस्यालाई निराकरण गर्नका लागी आफूले केहि समय अघि सरकार समक्ष पोखरालाई आवश्यक पर्ने आठ इन्चको पाईप माग गरेको भन्दै भूकम्पका कारण यो कुरा ओझेलमा परे पनि अब छिटै यसमा सरकारले केहि निर्णय लिने बताइन । सांसद रानाले पोखराको जिरो किमिदेखि छोरेपाटनसम्मका लागि आठ ईन्चको कति पाइप आवश्यक पर्छ त्यसको विवरण लिइ छिटै सरकारसंग थप दवाव दिने समेत बताइन । नेपाल खोनेपानी संस्थान पोखराका प्रमुख निरन महर्जनले पोखरा नगरमा खानेपानी मुहानको समस्या नभई वितरणको समस्या रहेको बताए । उनले पोखरेलीहरु खानेपानी वितरणको समस्या कै कारण पानीको अभावमा बस्नु परेकाले आठ ईन्चको पाईप पर्याप्त हुने हो भने यो समस्या छिटै समाधान हुने उल्लेख गरे।  कार्यक्रम पुरानो भयरथान टोल खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष मैता कुमारी गुरुङको अध्यक्षमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top