0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सम्पन्न नेपाल इन्जिनियरिङ्ग एशोसिएसन पोखरा केन्द्रको नवौं कार्यसमितिको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ । निर्वाचनवाट अध्यक्षमा लोकतान्त्रिक समूहका इन्जिनियर वीजेंन्द्र केसी १५७ मत प्राप्त गरि अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्दी बाबुराम भण्डारीले १०५ मतमात्र प्राप्त गरेका थिए ।  एशोसिएशनको उपाध्यक्षमा निर्वाचित राजेश भट्टराईले १५८ र उनका प्रतिद्वन्दी राजु वाग्लेले १०१ मतमात्र प्राप्त गरे । सचिवमा भने संयुक्त प्यानलका इन्जिनियर सुमन गिरी ९ मत अन्तरले विजयी भएका छन् । गिरीले १३७ र उनका प्रतिद्वन्दी सञ्जीव थापाले १२८ मत प्राप्त गरेका थिए । यस्तै सह–सचिवमा निर्वाचित लोकतान्त्रिक समूहकै नरकाजी गुरुङले १५६ मत र उनका प्रतिद्वन्दी विजय पौडेलले १०० मतमात्र प्राप्त गरे ।  एशोसिएशनको कोषाध्यक्षमा निर्वाचित सन्तोष जिसी १५८ र उनका प्रतिद्वन्दी राममणि अधिकारीले ९८ मतमात्र प्राप्त गरे ।  सदस्यहरुमा किरण केसीले १७४, बिनोद प्रसाद हेजुले १६४, अनुज शेरचनले १५१, रेखा लामिछाने १४९ मत प्राप्त गरि विजयी भए । सदस्य पदमा उम्मेदवारी दिएका संयुक्त प्यानलका ईश्वर थापाले १०८, शैलेष अधिकारीले १०७, ईश्वर केसीले ९७ र मिननरायण श्रेष्ठले ८८ मत प्राप्त गरेका थिए । एशोसिएशनमा कूल ३७१ मतदाता रहेकोमा २६६ मतमात्र खसेको थियो ।  नेपाल इन्जिनियरिङ्ग एशोसिएसन पोखरा केन्द्रको इतिहासमानै यो पहिलो चुनाव हो । यो भन्दा पहिले सहमतिबाट नै पदाधिकारीहरु चुनिने गरेको थियो । निर्वाचन सम्पन्न भएपछि विजयी पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक तथा पोखरा इन्जिनियरिङ्ग कलेजका प्रिन्सिपल ई. लेखबहादुर गुरुङले प्रमाणपत्र  प्रदान गरेका थिए । उक्त अवसरमा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, कोषाध्यक्ष लक्ष्मी पाण्डे क्षेत्री र इन्जिनियरिङ्ग एशोसिएशनका पूर्व अध्यक्ष रमेश बाँस्तोला लगायतले बोलेका थिए ।

Post a Comment

 
Top