0
गोल्डेन न्यूज संवाददाता
पोखराका राष्ट्रिय हयाण्डबल खेलाडी विमल थापाको विदाई गरिएको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान लागेका खेलाडी थापाको आइतबार बाटुलेचौर स्थित हिमालय क्लबले सम्मान सहित विदाई गरेको हो । क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका मानार्थ सदस्य वेनीबहादुर बस्नेतले खेलाडी थापालाई विदेशमा आर्जन गरेको ज्ञान स्वदेशमा आएर प्रयोग गर्न सुझाव दिएका थिए । कार्यक्रममा एकल महिला समूहका अध्यक्ष दुर्गा केसी थापा, क्लबका कोषाध्यक्ष प्रकाश थापा, कास्की जिल्ला हयाण्डबल संघका चित्र थापा, राष्ट्रिय खेलाडी विशाल बस्नेत, दिनेश श्रेष्ठ, विमल अधिकारी, खेल संयोजक नारायण देवकोटा, क्लबका सचिव मोहन थापा लगायतले शुभकामना दिएका थिए । खेलाडी थापाले साग गेममा, हयाण्डबलतर्फ नेपाललाई पदक दिलाएका थिए ।




Post a Comment

 
Top