0
गोल्डेन न्यूज संवाददाता
नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डा. परमेश्वर पोखरेलले पोखरामा विस्तार भएको पाइपलाइनको निरीक्षण गरेका छन् । पोखरा–५ पस्र्याङमा खानेपानी संस्थानले विस्तार गरेको २० इन्चि पाईपलाईनको विस्तार निरीक्षण गरेका हुन् । पोखरा निवासी समेत रहेका अध्यक्ष पोखरेलले पोखरेली खानेपानी उपभोक्ताको हितमा आफू जस्तोसुकै सम्झौता गर्न तयार रहेको निरीक्षणको क्रममा वताएका थिए । संस्थानले दिनसक्ने र हुने कुनैपनि सेवामा आफू कन्जुस्याई नगर्ने बताउँदै उपभोक्तालाई जागरुक वन्न सल्लाह समेत दिए ।
विन्ध्यवासिनीदेखि जिरो किमिसम्मको पाईपलाईन विस्तारले पोखराको छोरेपाटन, विरौटा, आँखा अस्पताल क्षेत्र, सेतीपारी चाउथेसम्मको क्षेत्रमा पानीको उचित व्यवस्थापन हुने संस्थानले जनाउँदै आएको छ । निरीक्षण कै क्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ का सभापति विजयराज आचार्यले कास्की क्षेत्र नं ३ को कुनैपनि स्थानमा खानेपानीको समस्या हुन नदिन अध्यक्ष डा. पोखरेलसंग अनुरोध गरेका थिए । आचार्यले पानी जीवनजल भएकोले कास्की क्षेत्र नं ३ को हर क्षेत्रका नागरिकलाई पानीको अभाव हुन नदिन आफूलागि परेको बताएका थिए । आचार्यले छिनेडाडा, चाउथे, विपि मार्ग, छोरेपाटन रानीवन क्षेत्र, पोखराको मालेपाटन भित्री क्षेत्रमा पानीको अत्यन्तै अभाव रहेको भन्दै व्यवस्था गर्न संस्थानसंग अनुरोध समेत गरे ।
पाईपलाईन विस्तारमात्र नगरेर भित्रि क्षेत्रमा शाखा लाईन विस्तारगरी उपभोक्ताको हितमा सेवा गर्न धर्मस्थली खानेपानी उपभोक्ता समितिका अध्यक्ष फडिन्द्रराज पराजुलीले बताए । धर्मस्थली स्कुल र वाराही स्कुलको भित्री भागको पानीको समस्या रहेको भन्दै पराजुलीले संस्थानले छिटो भन्दा छिटो व्यवस्था गर्न आग्रह गरे । आग्रहमा सञ्चालक समितिका अध्यक्ष डा. पोखरेलले संस्थान हरप्रकारको सहयोग गर्न तयार रहेको भन्दै उपभोक्ताहरु जागरुक भई आफ्नो क्षेत्रको विकासकोलागि नगरपालिका तथा अन्य सरकारी निकायमा विकास माग्न अनुरोध गरेका थिए ।
पोखरा उप–महानगरपालिका लेखनाथ नगरपालिका सहित महानगरपालिका बन्ने तयारी भईरहेको अवस्थामा जापान सरकारले गरेको सहयोग फलदायी भईरहेको उल्लेख समेत गरे ।
खानेपानी संस्थानले जापानिज संस्था जाईकाको वस्तुगत सहयोगमा विन्ध्यवासिनी पानी ट्याङ्कीदेखि जिरोसम्म २० इन्चिको पाईपलाई विस्तार भइरहेको खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई.निरण महर्जनले जानकारी दिए ।
यसैबीच नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डा.ईन्जिनियर परमेश्वर पोखरेलले पोखरामा खानेपानीको समान वितरण गर्न कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । पोखरेली उपभोक्तालाई पानीको समान वितरण नभएको भन्ने गुनासोलाई मध्येनजर गर्दै अध्यक्ष पोखरेलले पानी ट्याङ्की विन्ध्यावासिनीको समेत स्थालगत निरीक्षण गर्दै कुनै स्थानमा चौविसै घण्टा पानीको सुविधा र कुनै क्षेत्रमा हप्तादिनसम्म पानीको अभाव हुन नदिन निर्देशन दिएका हुन् ।
विकास निर्माणका क्रममा विस्तार भएका पाईपलाईनमा समेत पानीको उचित व्यवस्था गर्न पोखरा शाखा कार्यालयलाई अनुरोध समेत गरेका थिए। निर्देशन पछि कार्यालय प्रमुख निरण महर्जनले आफू उपभोक्ताका हितमा सधै लागिपरेको भन्दै भूवनोटका आधारमा वाहेक अन्य क्षेत्रमा समान वितरण गरिएको जानकारी दिए ।
महर्जनले मेन पाईपलाईनबाट वितरण गरिएको धारा वाहेक अन्य क्षेत्रमा समस्या नरहेको औंल्याए । महर्जनले सिमित जनशक्ति, स्रोत, साधन र वजेटको अभावमा सोचेजस्तो सेवा गर्न नसकिएको जानकारी दिए । खानेपानी संस्थान पोखरा शाखामा १ सय ५९ जनाको दरवन्दी रहेपनि हाल ८४ जना कर्मचारीमात्र रहेको प्रशासन प्रमुख शिवराज भण्डारीले जानकारी दिए । संस्थानले पोखरामा करिब ३७ हजार धारामा सेवा दिईरहेको विन्ध्यवासिनी इकाई कार्यालयका प्रमुख दिनेश्वरप्रसाद यादवले जानकारी दिए। यादवले पिच बाटोमा पाइप फुट्ने समस्याले पानी वितरणमा केही समस्या पैदा भएको बताए ।








Post a Comment

 
Top