0
गोल्डेन न्यूज संवाददाता
प्रदेश नंम्बर ४ को उत्तरी नाका मुस्ताङको कोरला र दक्षिणको नवलपूर नाका खुलाउँदै चिनियाँ र भारती पर्यटक आकर्षित गर्न सके यहाँ बार्षिक २० लाख विदेशी पर्यटक आउने दावी गरिएको छ ।  पोखरामा पर्यटनको क्षेत्रमा लामो समय काम गरेका अगुवाहरुले यस्तो दावी गरेका हुन् । त्यसका लागि भारतीय पर्यटकलाई मुस्ताङको मुक्तिनाथ हुँदै चिन तर्फ मान सरोवर र माउन्ट कैलास सम्म पुग्ने पूर्वाधार बन्नुपर्ने उनीहरुले बताए ।  यसैगरी चिनियाँ पर्यटकलाई बुद्धिष्टहरुको आस्थाको केन्द्र लुम्बिनी हुँदै बुद्ध सर्किट पुग्ने आधार तयार गर्नुपर्ने उनीहरुको भनाई थियो । पोखरामा आयोजित एक कार्यक्रममा पर्यटनक्षेत्रबाट प्रदेश नंम्बर ४ को समृद्धिमा पुग्ने योगदानका विषयमा आयोजना गरेको समृद्धि बहसमा बोल्ने वक्ताले यस्तो बताएका हुन् । त्यसका लागि सरकार र निजी क्षेत्र सँगसँगै जानुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले चीनबाट १ करोड र भारतबाट एक करोड मानिस एक अर्को देशमा भ्रमण गर्न सक्ने आकँडा पेश गरे । ‘भारतीय पर्यटकलाई कोरला नाका हुँदै माउन्ट कैलास र मानसरोवर तथा चिनीयाँ पर्यटकलाई कोरला नाका हुँदै बुद्ध सर्किटसम्म पु¥याउने पूर्वाधार हामीले बनाउनु पर्छ,’ उनले भने त्यसो गर्न सकिए दुवै तर्फका बार्षिक एक एक करोड पर्यटक एक अर्का देशमा भ्रमण गर्छन र त्यस मध्य २० लाख देशको मध्ये भागमा रहेको प्रदेश नंं. ४ले यहाँ ओराल्न सक्छ ।’
 
राष्ट्रिय पर्यटन प्रवद्र्धन संगठन प्रदेश नं. ४ का अध्यक्ष गोविन्दराज पहारीले पालिखेको भनाईलाई समर्थन गर्दै पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । राज्यले पर्यटनमैत्री वातावरण बनाउन नसकेको उनको आरोप छ । ‘भएका संरचना पनि विकासका नाउँमा ध्वस्त पारिएको छ, यसको संरक्षण गर्न राज्य नै लाग्नुपर्छ’,उनले भने–पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार पहिलो सर्त हो ।’ आफूहरुले यहाँका पर्यटकीय क्षेत्रको प्रोफाइल तयार गराउन लागेको समेत बताए ।
नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले अब संघीयतामा जाँदा यहाँको पर्यटकी स्थल र सम्भाबनाको खाका पेस गर्न आफूहरु तयारी अवस्थामा रहेको बताए । ‘संघीयताको मोडल अनुसार पर्यटन प्रवद्र्धनको थालनी भएको छ,’ उनले भने–‘उत्तरी क्षिमेकी चीन र दक्षिणी छिमेकी भारतमा रहेको विशाल जनसंख्याको उपयोग गर्ने गरी हामी लाग्नैपर्छ ।’ पोखरा पर्यटन परिषदका महासचिव रामु गौतमले राज्यले कृषि, पर्यटन र जलविद्युतलाई मुख्य प्राथमिकतामा राखे पनि निजी क्षेत्रकै कारण पर्यटनको विकास भएको बताए। उनले राज्यले पर्यटन प्रवद्र्धनका लागि उल्लेख्य काम नगरेको आरोप लगाए । विशेषगरी ट्रेकिङ रुटहरुमा खनिएका जथाभावी सडकमार्गले पर्यटकको बसाई अवधि घटाएकोमा उनले चिन्ता प्रकट गरे ।
पोखराको पर्यटन क्षेत्रमा हालसम्म निजी क्षेत्रबाट करिब एक खर्ब रुपैयाँ बढी लगानी भएको पर्यटन व्यवसायी बताउँछन् । पोखरामा चार सय बढी होटल संचालित छन् । पोखरामा पर्यटकलाई आकर्षित गर्ने थुप्रै पर्यटकीय स्थल छन् । पोखरा आएका पर्यटकको विशेषगरी फेवाताल, तालबाराही, डेभिडफल्स, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, विश्व शान्ति स्तुपा, सराङकोट, विन्ध्यवासिनी, महेन्द्रपुल, सेती नदीको खोच अवलोकनमा भिड देख्न सकिन्छ ।





Post a Comment

 
Top