0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी १४औं जेपी क्रस अन्तरविद्यालय वास्केटवल प्रतियोगिता अन्र्तगत डिफेण्डिङ च्याम्पियन टप्स उच्च माविले छात्रा तर्फ र वालकल्याण उच्च माविले छात्रतर्फ उपाधि जित्न सफल भएका छन् । पोखरा रंगशालाको वास्केटवल कोर्टमा सोमबार भएको छात्रातर्फको फाईनल खेलमा टप्सले माउन्ट अन्नपूर्ण उच्च माविलाई १४ को बिरुद्ध २० स्कोरले पराजित गर्दै यस बर्ष पनि उपाधि रक्षा गर्न सफल भएको हो ।  तेश्रो स्थानको लागि भएको खेलमा मनकामना वोर्डिङ स्कुलले लिटिल स्टेप उच्च माविलाई २२ को बिरुद्ध २७ स्कोरले पराजित गरेको हो । डिफेण्डिङ च्यासम्पियन माउन्ट अन्नपूर्णलाई वालकल्याण उच्च माविले छात्र तर्फको फाईनल खेलमा ४१ को बिरुद्ध ४५ स्कोरले पराजित गर्दै उपाधि जितेको हो । तेश्रो स्थानको लागि भएको खेलमा कुमुदिनी होम्स उच्च माविले टप्सलाई ३४ को बिरुद्ध ३८ स्कोरले पराजित ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रा तर्फ टप्सकी ममता डगौरा र छात्रतर्फ उत्कृष्ट खेलाडी वालकल्याणका ईर्रभिङ गुरुङ घोषित भए । उनीहरुको हौसला स्वरुप राष्ट्रिय खेलाडी तेजेन्द्र पुनले जनहि १ हजार ५ सय रुपैया पुरस्कार दिएका हुन ।  त्यसैगरी मस्ट अफेन्सिप छात्रातर्फ माउण्ट अन्नपूर्णका कृष्णा फगामी, छात्रतर्फ सोहि ईभेन्टमा माउन्ट अन्नपूर्णकै सुमन तिलिजा, मस्ट डिफेन्समा छात्रातर्फ टप्सकी रेम्मा तिवारी, सोहि ईभेण्टमा छात्र तर्फ भने वालकल्याणका अन्जन नेपाल घोषित भए । उनीहरुलाई ट्रफी प्रदान गरीएको थियो । प्रतियोगितामा विजेतालाई १०÷१० हजार, उपविजेतालाई ६÷६ हजार र तेश्रो हुनेलाई ४÷४ हजारको साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिएको संघका सचिव ध्वज कुमार गुरुङले बताए । विजेता खेलाडीहरुको टोलीलाई समाजसेवि तथा प्रतियोगिताका मुख्य प्रायोजक कर्णेल जेपी क्रस, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङ, नेपाल वास्केटवल संघका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, सल्लाहकार तथा पोखरा उप–महानगरपालीका कार्यालयका कानुनी अधिकृत नारायण शर्मा, संघ कास्कीका अध्यक्ष नेत्रबहादुर शेनले लगायतले पुरस्कार वितरण गरेका थिए ।


Post a Comment

 
Top