0
गोल्डेन न्यूज संवाददाता
दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उसु खेलतर्फ पदक बिजेता खेलाडीहरुले हिमालपारिको जिल्ला मुस्ताङको विभिन्न ठाउँको भ्रमण सम्पन्न गरेको छ । नेपाली खेलाडीहरुलाई राष्ट्रका विभिन्न स्थानमा चिनाउन र खेलको लोकप्रियता बढाउँदै देशको विभिन्न भेगमा रहेको खेलाडीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने लक्ष्यका साथ एक हप्ते भ्रमण सम्पन्न गरेको १२आंै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नान्छाउ र नान्छाउ तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी निमा घर्ती मगरले वताइन । पहिलो पटक साफ गेममा सहभागी भइ आफूले पदक हासिल गर्न सफल भएको र अन्य पदक बिजेता खेलाडीहरुको सहभागीता मा सम्पन्न भ्रमण निकै रमाइलो भएको वताइन । हिमाल पारिको सुन्दर दृश्यको बारेमा आफुहरुले अन्य खेलाडी साथीहरुलाई जानकारी दिने र यसले गर्दा हिमाल पारिको सुन्दर ठाउको भ्रमणमा खेलाडीहरु भ्रमणमा जाने र यसले खेलाडी र पर्यटकीय ठाउको समेत प्रचार–प्रचार हुने उनले वताइन । भ्रमणमा सहभागीहरुले हिमालपारिको जिल्ला मुस्ताङ, कागवेनी, हिन्दु र बौद्धको धार्मिक आस्थाको केन्द्र मुक्तिनाथ, म्याग्दीको रुप्से झरना, तातोपानी र पोखराको फेवातालको भ्रमण गरेका थिए ।  भ्रमणमा दक्षिण एशियाली खेलकुद प्रतियोगितामा उसुु बाट सिल्भर मेडल जित्न सफल बिजय सिन्जाली मगर, बिश्व बुढा मगर, सुस्मिता तामाङ, युवराज थापा मगर, हरि गोले, सबिता राई, बिन्दु पुन मगर र अन्य राष्ट्रिय खेलाडीहरु दिपेश राई मुकेश श्रेष्ठ, बिरमान वाइवा, ओसिन राई, मन्जरी महर्जन, करुना महर्जन, अशोक बुढा मगर, दिपक हमाल, मिना ग्लान र राजिव तामाङ सहभागी थिए ।
यो टिमले यसअघि पनि काठमाडांै आसपासका विभिन्न भेगहरुको भ्रमण सम्पन्न गरिसकेको छ ।







Post a Comment

 
Top