0
“मै खाउँ, मै लाउँ, सुख, सयल वा मोज म गरुँ
मै हाँसु, मै नाचुँ, अरु सब मरुन दुर्वलहरु ।”
दरबारको पुच्छर, भ्रष्टाचारको नाइके, २०६२÷०६३ को जनआन्दोलन दवाउन प्रमुख भूमिका खेल्ने पात्र, यस्ता व्यक्ति कसरी अख्तियार प्रमुख बन्न पुगे, बनाइयो, यो नै रहस्यमय विषय खड्किरहेको छ । राजनैतिक दलहरु, यिनका आसपासे, नागरिक समाज, एनजिओ, आइएनजिओ, मानवअधिकारवादी, संचार माध्यम, पत्रपत्रिका जगतहरु यी सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कहिँ कतैबाट हुण्डी खाएर गरेको भ्रष्टाचार किन रोकिदैन र यो रोक्ने दायित्व कसको हो ? देशका प्रमुख राजनीतिक दलहरुको सहमतिमा आफूहरुलाई कदापि कुनैपनि कसुरमा कार्वाही गर्न नपाउने शर्तमा कुविन्नोमा खुट्टा लगाए झैं उभ्याएको गरी नियुक्ति गरिएको व्यक्ति स्वयम् आफूहरु माथि नै जाइ लागेपछि देखावटी रुपमा महाअभियोगको प्रस्ताव पेश गरी कतै चोखिन खोजिएको त होइन ?
स–साना माछाहरुको शिकारले खान्की नपुगे पछि र पु¥याउन समेत धौ धौ भए पछि ठूला–ठूला माछाहरुको शिकार गर्न खोज्दा र जालमा पार्न खोज्दा अब वर्वाद हुने भयो । मोराले त हाम्रो समेत पोल खोल्ने प्रयास गर्न शुरु ग¥यो भनि डर, त्रास र भयले आत्तिई देखावटी रुपमा “तिमी रोए झैं गर हामी कुटे झैं गर्छौं” भनि गर्न, भन्न खोजिएको जस्तो भान जनमानसमा पैदा भैसकेको छ । हेरौं, त्यो त भविष्यले नै बताउला । माओवादीको श्रम शिविरमा लडाकु भ्रष्टाचार प्रकरण, मनमोहन चिकित्सा अस्पतालमा भए गरेको घोटाला र एनसेल प्रकरण जस्ता थुप्रै थुप्रै मुद्दाहरु उनीमाथि दर्ता भएको छ ।
यी त भए बाहिर आएका र थाहा भएका कुराहरु, भित्र–भित्र यस्ता थाहा नै नभएका र बाहिर आउन गाह्रो मानेका विषयहरु त थुप्रै होलान् नि । गगन थापाबाट एकपटक पेश गरेको महाअभियोग प्रस्तावलाई तुह्याए झैं गरी पुनः यस पटक पनि कतै राजीनामा मात्र गराई उनलाई पनि चोख्याउने र आफूहरु पनि चोखिने चलखेल गर्न लागिएको त छैन ? अन्यथा अर्काको आन्तरिक मामलामा विदेशी शक्तिले किन दवाव दिइरहन्छ ? कि त्यो शक्ति पनि यो प्रकरणमा सामेल छ कि कसो । मध्यममार्गी बाटो अपनाउनु पर्दछ भनि बोल्नुको तात्पर्य के हो र, त्यसको हैसियत के हो, किन पटक पटक “डाक्नु र बोलाउनु लिँडो पुच्छर हल्लाउनु” भने झैं गरी हामी माथि जाइ लाग्छ । यस्ता लुते र भुस्याहा कुकुरको वर्णन गर्ने शब्द त शायद शव्दकोषमा नै छैन होला, म सँग त कहाँबाट होस् ।
हामी पनि अरुहरुको आन्तरिक मामलामा हस्तक्षेप गर्दैनौं र अनि हाम्रो मामलामा हस्ताक्षेप गरेको पनि सहँदैनौं। हामी स्वाभिमानीहरुको पहिचान यही नै हो । साना तिना भुरा माछाहरु जालमा पारी यहाँ नै बटुल्ने र ठूला ठूला ह्वेल माछाहरु जालमा पारी जाल सहित विदेश तिर (स्वीट्जरल्याण्ड) लगि हिसाब–किताब मिलाई छाडिदिने । यसरी अकुत रुपमा जम्मा भए गरेको यथार्थ हिसाबको फेहरिस्ता जनता सामु छर्लङ्ग पार्नु राज्यको दायित्व हो । हामी सम्पूर्ण नेपालीहरु यही पर्खाईमा छौं ।
संवैधानिक निकाय तथा राजनैतिक निकायका उच्च उच्च पदहरुमा भागबण्डाको आधारमा नियुक्ति गर्दा यस्तै दुर्दशा पैदा हुन्छ । हो त्यसै भएर भागबण्डा र पार्टीको हिसाबमा नभई स्वच्छ, नैतिक, योग्य, अनुभवी र अनुशासिन व्यक्ति चाहे जोसुकै जुन सुकै पार्टीको होस्, त्यस्ता कर्मठ र योग्य व्यक्तिहरुको चयन गरिनुपर्दछ । हुन त प्रचण्ड बाबुको भागबण्डामा परेको र उनकै रोजाईको व्यक्ति कहाँबाट गतिलो हुन्छ र उनी स्वयं आफू पनि कुन ड्याङ्का मूला हुन् र ? कस्तो चरित्रका हुन्, यो त छर्लङ्ग नै छ । यहाँनेर “लहरो तान्दा पहरो थर्कन्छ” भन्ने उखानको चरितार्थ हुन्छ होला । लोकमान त देखावटी रुपमा मात्रै छन् । यो षड्यन्त्र, जाल भित्र त थुप्रै देशी–विदेशी लोकमानहरु संलग्न छन् । एक्लो कार्कीबाट यत्रो सिङ्गो जहाज बोक्ने हैसियत त अवश्य छैन होला नि । नियुक्ति गर्दाको समयमा सम्पूर्ण कुराहरु थाहा पाई पाई नियुक्ति गर्ने दलका नेताहरु र आसेपासे लगायत सम्पूर्ण कसुरदारहरुलाई प्राकृतिक नियमको सिद्धान्त अनुसारको दण्ड जरिवाना गर्नु पर्दछ ।
यहाँनेर मलाई एउटा नेपाली उखानको याद आयो “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै”, कानूनको तर्जुमा गर्दा गरिँदा कसुरदारलाई उसले गरेको कसुर अनुसारको सजाय आभियुक्तले अदालत समक्ष स्वीकार गरिसकेपछि ज्यान मार्नेलाई मृत्युदण्ड, चोरी, चाकडी, भ्रष्टाचार गर्नेलाई भ्रष्टाचार गर्ने हात नै काटिदिने र जवरजस्ती यौन सम्पर्क गर्नेलाई लिङ्गछेदन गरी दिने वा नपुंसक बनाई दिने हो । त्यस्तै त्यस्तै सजाय दिएमा म भन्दछु देश रामराज्य बन्दछ र १० वर्षभित्र स्वीट्जरल्याण्ड बन्दछ । तर यहाँ मानव अधिकारको खोक्रो नारा दिइन्छ । कसुर गर्ने व्यक्तिले सजाय पाउँदा मानव अधिकारको हनन हुने रे, के कसुर गर्दा र अरुमाथि जाइलाग्दा त्यो व्यक्तिको मानव अधिकार हनन भएन र भनि चिच्याउनेहरुले कहाँ कुन दुनियाको मानवअधिकार हो यो ? भर्खरै मात्र साउदी सरकारले त्यहाँको राजकुमारलाई आफ्नै साथीलाई अनाहकामा गोली हानी हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय दियो । त्यहाँका राजा छोरालाई मृत्युदण्ड दिंदा पनि कठोर बनि धैर्य धारण गरेर कानूनको सम्मान गरे । हो, न्यायको नजरमा सबै बराबर हुन्छन्, कोही ठूलो, सानो वा काखा, पाखा हुँदैन । “सानोलाई ऐन ठूलोलाई चैन” केही फरक हुँदैन । यहाँ पनि यस्तै यस्तै कानुनको तर्जुमा गरी अभियुक्त चाहे जो सुकै होस् कानुनको कठघरामा उभ्याउनु पर्दछ । यसो गर्दा हामी नै उम्कन पाउँदैनौं भन्ने ध्येय राखी कानुनको तर्जुमा गर्नेहरु कानुन हातमा लिन्छन् र यही कारण यस्तो अवस्थाको संकट आइरहेको छर्लङ्ग देखिन्छ ।
अब यतिखेर दोस्रो पटक पेश भएको महाअभियोगका प्रस्तावक र समर्थकहरु कुनै पनि देशी वा विदेशी शक्तिहरुबाट परिचालित नभई लोभ, मोह, डर, त्रास वा धम्कीमा नफसी यो प्रकरणलाई छर्लङ्ग देखिने गरी देशवासी सामु ऐना हेरे झैं गरी अभियुक्तहरुलाई स्पष्टरुपमा उभ्याएर कार्वाही गरेमा धन्यवादका पात्र मात्र नभई नेपाली आमाका सपुत हुने नै छन् । अन्यथा “मुति–मुति गाई साउनमा ब्याई” भने झैं मात्र हुनेछ ।
प्रसंग थोरै बदलौं, “हिमाल, पहाड, तराई, कोही छैन पराई” भनि बसिरहेकाहरुलाई असम्भव कुराको (संघीयता) नारा फालेर विभेद गराई के गर्न खोजिरहेको हो थाहा छैन । गिरिजा र बाबुरामको पालामा ३०÷४० लाख नागरिकता विना पहिचान सत्यनारायणको नैवेद्य बाडे झैं गरी बाँडेर को, कति, कसरी घुसपैठ भए थाहा छैन ।
अब पनि संविधान कार्यान्वयन नै हुन बाँकी रहेको तथा नसकेको अवस्थामा तराई टुक्र्याउने, अनि विदेशीमूलका व्यक्तिहरु अंगिकृत नागरिकता प्रदान गरी देशको उच्च उच्च पदमा आसिन गराई हामीलाई पन्छाई उनीहरुबाटै राज्यसत्ता संचालन गर्ने खोजमा कोही लागिपरिरहेका छन् र घम्मरघुस गरी कम्मर कसिरहेका छन् । यो दिवा सपना नदेखे पनि हुन्छ । आफ्नो नितान्त व्यक्तिगत स्वार्थ सिद्ध गर्न र देशको सार्वभौमसत्ता माथि खेलवाड गरी देशको साँचो विदेशी दलाल र दासत्व प्रवृत्तिमा हुर्केकाहरुलाई सुम्पन आतुर देखिन्छन् र उसैको इशारामा दौडिरहेका छन् । हिन्दु राष्ट्र कायम गर्छौ भनि दण्डवत गरी पाउ परी आर्थिक लोभमा फसेकाहरु र नेपालीहरुको महान चाड, पर्व दशै, तिहारमा टिका नलगाउने, पाए भेटाए गाईको मासु पनि खाइहाल्ने, यस्ता निचहरु एक थोक बोल्ने अनि काम उल्टो गर्ने के को हिन्दू राष्ट्र बनाउँछौं भनि भिख माग्दै हिड्ने र हिन्दू राष्ट्र बनाउने भए त त्यही अनुसारको व्यवहारहरु काम गर्न प¥यो नि ।
मित्र भै सकेपछि मित्रवत व्यवहार हृदयबाट नै गर्न र देखिन पर्यो नि । खै कहाँ, कसरी कताबाट देखियो, ६÷६ महिनासम्म हामीलाई भोकभोकै मारी नाकाबन्दी गरिएको अवस्थामा एक शब्दसम्म उच्चारण नगर्ने अझै त्यो रन्जीत रे लाई उक्साउने र प्रोत्साहन गर्ने, अनि अहिले देखावटी रुपमा मित्रको संज्ञा दिने । हो, छिमेकी राष्ट्रपतिलाई हाम्रो देशमा आउँदा मान, सम्मान र सुरक्षा दिनु हाम्रो कर्तव्य हो । अनि दायित्व पनि । आफ्नो आफ्नो मान, मर्यादा र सीमाभित्र त सबै बस्न प¥यो नि । सुरक्षाको नाउँमा बिरामी बोकेर हिडेका एम्बुलेन्स र पानीको ट्यांकर अनि रगत नपाएर सोको अभावमा मृत्युको शैय्यामा छटपटाई रहेको बिरामीलाई रगत लिएर दिन जाने क्रममा बाटो नै अबरुद्ध गर्नु कहाँको, कस्तो सुरक्षा र सम्मान हो । मोदी आएर गएपछि उनले भने जस्तो नहुँदा लामो समयसम्म नाकाबन्द गरियो, अब मुखर्जी आएर गएपछि कतै मुखै बन्द हुने त होइन । साँचो कुरा व्यक्त गर्न पर्दा यिनीहरु “मुखमा राम राम बगलीमा छुरा” स्वभाव भएका मित्रहरु हुन् । आफ्नै देशको राष्ट्रपति जानकी मन्दिरमा प्रवेश गरी पूजाआँचा गर्दा अपवित्र भयो भनि पानीको फोहोरा प्रयोग गरी सरसफाई गर्नेहरु अहिले जानकी मन्दिर मात्र नभएर पशुपतिनाथ लगायत मन्दिरमा छिमेकी राष्ट्रपति आई पूजाआँचा गरेको के कसरी सरसफाई गर्दैछन् हेर्न बाँकी नै छ र को कसको कहाँ झुकावट रहेछ र कोबाट संचालित रहेछन्, के गर्दैछन् भन्ने हैसियत पनि यसबाट नै स्पष्ट झल्किन्छ । अन्त्यमा, भान्छामा प्राप्त भएको सामाग्रीको आधारमा मिठो–नमिठो खाना पाठकहरु समक्ष पस्केको छु, जे जस्तोसुकै भएता पनि रुची अनुसार खाई दिनु भई (अध्ययन) गरी सोको प्रतिक्रिया सुझाव पाउने आशा व्यक्त गर्दछु ।



Post a Comment

 
Top