0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १८ को नेपाली काँग्रेस इकाईको मंगलबार भएको निर्वाचनमा बोधबहादुर कार्की अत्याधिक मतले विजयी भएका छन् । लामो समयसम्म स्थगित भएको इकाई निर्वाचनमा बोधबहादुर कार्की र गोकर्ण कार्की बीच निर्वाचन भएको हो । कूल १९६ खसेको मत मध्ये ११ मत बदर भएको थियो भने निर्वाचित बोधबहादुर कार्कीले १५१ मत र प्रत्यासी उम्मेदवार गोकर्ण कार्कीले ३४ मत प्राप्त गरेका थिए । जिल्लाबाट खटिएका निर्वाचन अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले निर्वाचनको जिम्मेवारी पूरा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि माननीय सांसद एंव नेपाली काँग्रेसकी नेतृ शारदा पौडेलले जो साथी निर्वाचित भए पनि वडा नं. १८ मा काँग्रेस पार्टीलाई बलियो बनाएर अगाडि बढाउन शुभकामना समेत दिइन । इकाई १८ का कार्यवहाक सभापति बिष्णुप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति माधव बाँस्तोला, नगर सभापति बजिरमान श्रेष्ठ, पूर्व ईकाई सभापति स्थानेश्वर पोखरेल, क्षेत्रीय प्रतिनिधिहरु डा. परमेश्वर पोखरेल, यज्ञेश्वर पोखरेल, रामचन्द्र पोखरेल लगायतले बोलेका थिए । इकाईका कोषाध्यक्ष किरण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य इकाई सदस्य दीपेन्द्र कार्कीले गरेका थिए ।






Post a Comment

 
Top