0
गोल्डेन न्यूज संवाददाता
नेपालले लाओसको चुनौती टाइब्रेकरमा पन्छाउँदै मलेसियाको कुचिङमा भइरहेको एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ । एसियाली स्तरको प्रतियोगितामा नेपाली राष्ट्रिय टिम फाइनल पुगेको यो नै पहिलो हो । अपराजित यात्रालाई सातौं खेलसम्म पुर्रुयाएको नेपालले दुई घन्टाको खेल २–२ को बराबरीमा टुंगिएपछि सोलिडारिटी कपको सेमिफाइनलमा लाओसलाई पन्छाउन टाइब्रेकर नै कुर्नुप¥यो । गोलकिपर किरण चेम्जोङले टाइब्रेकरमा लाओसका सुरुवाती दुई प्रहारलाई रोकेपछि नेपालको जित सहज बनेको थियो । नेपालका हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठको पेनाल्टी प्रहार सटिक रह्यो । लाओसको तेस्रो प्रहार बाहिरिएपछि नेपाल टाइब्रेकरमा ३–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । खेलमा अग्रता भने लाओसले लिएको थियो । उसले १८ औं मिनेटमा चायसोङखाम चाम्पाथोङले हेडद्वारा गोल गर्दै लाओसलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा नेपालले बलमाथि पकड कायम गरेपनि गोल फर्काउन सकेन । दोस्रो हाफको सुरुमै विमल घर्तीमगरले गोल गरेपछि नेपाल बराबरीमा पुगेको थियो । उनले भरत खवासको क्रसमा हेडद्वारा ४७ औं मिनेटमा गोल गरेर नेपाललाई १–१ को स्थितिमा पु¥याएका थिए । नेपालले त्यस गोलको लागि निक्कै मिहिनेत गर्दै १७ पास खेलेको थियो । खेलको सुरुमै उत्कृष्ट ट्याकल गर्दै नेपालको संकट टारेका डिफेन्डर अनन्त तामाङले इन्ज्युरी समयको अन्तिम मिनेटमा पनि गोल लाइनटबाट बल क्लियर गर्दै नेपालको फाइनल खेल्ने सम्भावना कायमै राखेका थिए । निर्धारित समय १–१ मा टुंगियो । थपिएको ३० मिनेटको अतिरिक्त समयको १४ औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । उनले पनि हेडर गोल गरे । त्यसमा हेमन गुरुङले बल उपलब्ध गराएका थिए । चाम्पाथोङले फेरि हेडर गोल गर्दै लाओसलाई खेलमा फर्काए । उनले १ सय १७ औं मिनेटमा गोल गरेपछि दुई घन्टाको खेल २–२ मा टुंगिएको थियो । तर, पेनाल्टी सुट आउटमा भने नेपाललाई लाओसले रोक्न सकेन र नेपाल इतिहास रच्दै महादेसीय प्रतियोगितामा पहिलोपटक फाइनल पुग्यो । एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउ प्रतिद्वन्द्वी पाएको छ । शनिबार नै भएको दोस्रो अर्को सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ३–१ ले हराएको छ ।
यसअघि निर्धारित समयको खेलमा ब्रुनाईले पहिलो हाफमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो । ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो । टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।

Post a Comment

 
Top